+
+
Shares

तीनकुने घटनाको आदेश आउन ढिलाइ, जिल्ला अदालतमा भिड (तस्वीरहरू)

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपील राज बोहराका अनुसार, प्रतिवादीहरू सबैलाई अदालतमै राखिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २९ गते २३:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनका प्रतिवादीहरूको आदेश आउन ढिला भएको छ।
  • बिहीबार साँझ ५ बजे नै बहस सकिएको र अदालतले आदेश लेखिरहेको जानकारी दिइएको छ।
  • प्रतिवादीहरू अहिले अदालत परिसरमै राखिएका छन् र ३९ जना हिरासतमा छन्।

२९ जेठ, काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनका प्रतिवादीहरूको आदेश आउन ढिला भएको छ ।

काठमाडौं जिल्ला बाहिर प्रतिवादीका समर्थक र प्रहरीको बाक्लो संख्यामा उपस्थिति छ ।

बिहीबार साँझ ५ बजे नै थुनछेक बहस सकिएको थियो । अदालतका कर्मचारीहरूका अनुसार, न्यायाधीश ध्रुवराज कार्की आदेश लेखिरहेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपील राज बोहराका अनुसार, प्रतिवादीहरू सबैलाई अदालतमै राखिएको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहितका प्रतिवादीहरूलाई अहिले अदालत परिसरमै राखिएको छ ।

काठमाडौं जिल्ला अदालतमा प्रतिवादीहरूको बयान सकेर २० जेठदेखि थुनछेक बहस सुरु भएको थियो । आज उक्त बहस सकिएको हो ।

बहस सकिएसँगै जिल्ला अदालत वरपर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

तीनकुने घटनामा प्रतिवादीमध्ये अहिले ३९ जना प्रतिवादी हिरासतमा छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो ।

त्यसपछि सरकारी वकिल कार्यालयले ६१ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । चार जना भने नाबालक रहेकाले भक्तपुर पठाइएको थियो ।

उनीहरू ११ जेठमा मुद्दा दायर भएको थियो । त्यसयता निरन्तर काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा थुनछेक बहस भइरहेको छ ।

११ जनालाई आपराधिक उपद्रवको मात्रै मुद्दा लगाइएको थियो । आपराधिक उपद्रवको मुद्दा खेपेकाहरू भने धरौटी बुझाएर रिहा भइसकेका छन् ।

राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंसहित आठ जनालाई भने कर्तव्य ज्यानको समेत मुद्दा लगाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?