+
+
Shares

हिम स्टार ऊर्जा कम्पनीको आईपीओ खुल्यो

पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका र आयोजना प्रभावित स्थानीयले भर्न पाउने

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३० गते ९:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिम स्टार ऊर्जा कम्पनीको आईपीओ शुक्रबारदेखि आवेदन खुल्यो।
  • पहिलो चरणमा प्रभावित र वैदेशिक रोजगारमा रहेका व्यक्तिहरूका लागि खुल्नेछ।
  • कम्पनीले ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्ने योजना बनाएको छ।

३० जेठ, काठमाडौं । आज शुक्रबारदेखि हिम स्टार ऊर्जा कम्पनीको आईपीओमा आवेदन खुलेको छ ।

पहिलो चरणमा कम्पनीको आईपीओ वैदेशिक रोजगारमा रहेका र आयोजना प्रभावित स्थानीयका लागि खुलेको हो । पहिलो चरणको आईपीओ बाँडफाँट भएपछि मात्रै सर्वसाधारणका लागि खुल्ने छ ।

कम्पनीले कुल जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत सेयर सर्वसाधारण समूहका लागि निष्कासन गर्न लागेको हो । जसमध्ये १ लाख ८६ हजार ५ सय कित्ता आयोजना प्रभावितका लागि, ९३ हजार २५० कित्ता वैदेशिक रोजगारमा रहेकालाई छुट्याइएको छ ।

प्रभावित र वैदेशिक रोजगारमा रहेकाले न्यूनतम १० तथा अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलले सूचनामार्फत जनाएको छ ।

आयोजना प्रभावितका रुपमा ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ८, साविक भुसिङ्गा गाविसका सम्पूर्ण वडा र सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नम्बर २, साविक गोली गाविस वडा नम्बर १, २, ३, ४, ५ का स्थानिय बासिन्दा पर्दछन् ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले छिटोमा असार १३ गतेसम्म तथा ढिलोमा असार २९ सम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेकाले असार १३ सम्म आवेदन दिन सक्नेछन् ।

प्रभावित स्थानीयले सिटिजन्स बैंकका लिखुपिके शाखा, खिजिदेम्बा गाउँपालिका ८ मा रहेको महिला भवन तथा जनस्वास्थ्य भवन र सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका– २ को वडा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलको वेबसाइटमार्फत पनि आवेदन दिन सकिनेछ ।
वैदेशिक रोजगारमा रहेकाले अनलाइन प्रणााली मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीले ओखलढुंगा र सोलुखुम्बुको सीमामा बग्ने बुकु कापटी खोलाबाट ५ मेगावाट क्षमताको आयोजना सञ्चालन गरेको छ । यसको कुल लागत १ अर्ब २३ करोड ८५ लाख ३६ हजार १३५ रुपैयाँ तथा प्रतिमेगावाट लागत २४ करोड ७७ लाख ७ हजार ३८७ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?