+
+
Shares

अमेरिकामाथि आक्रमण गरे इरानले कठोर प्रतिकार व्यहोर्नुपर्ने ट्रम्पको चेतावनी

ट्रम्पले भनेका छन्, ‘म सजिलैसँग इरान र इजरायलबीच सम्झौता गराएर यो रक्तपातपूर्ण द्वन्द्व अन्त्य गर्न सक्छु ।’ आइतबार इरानले तेहरान र वाशिंगटन डीसीबीच चलिरहेको छैटौं चरणको आणविक वार्ता रद्द गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १ गते १५:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आक्रमण रोकेर वार्तामा आउन आग्रह गरे।
  • उनले भने, \'यदि हामीमाथि कुनै पनि प्रकारले इरानबाट आक्रमण भयो भने, अमेरिकी सशस्त्र सेनाको सम्पूर्ण शक्ति खनिन सक्छ।’
  • इजरायलले शनिबार इरानको रक्षा मन्त्रालय र ग्यास प्रशोधन केन्द्रमा आक्रमण गरी क्षति पुर्याएको छ।

१ असार, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आक्रमण रोकेर वार्तामा आउन आग्रह गरेका छन् । अन्यथा अमेरिकाले सम्पूर्ण सैन्य शक्ति प्रयोग गरेर इरानमाथि आक्रमण गर्ने उनको चेतावनी छ ।

मध्यपूर्वमा इरान र इजरायलबीच क्षेप्यास्त्रसहित भिषण संघर्ष सुरुभएपछि ट्रम्पको यस्तो भनाइ आएको हो ।

आफ्नै सामाजिक सञ्जाल ट्रूथमा पोस्ट गर्दै ट्रम्पले भनेका छन्, ‘‘यदि हामीमाथि कुनै पनि प्रकारले इरानबाट आक्रमण भयो भने, अमेरिकी सशस्त्र सेनाको सम्पूर्ण शक्ति र कठोर प्रतिकार तपाईंहरू माथि त्यसरी खनिन सक्छ, जुन इतिहासमै कहिल्यै देखिएको छैन ।’

इजरायलले शनिबार इरानको राजधानी तेहरानस्थित रक्षा मन्त्रालयको मुख्यालय र बुसहर प्रान्तको साउथ पार्स ग्यास प्रशोधन केन्द्रमा आक्रमण गरेर क्षति पुर्याएको छ । राष्ट्रपति ट्रम्पले इरानमाथिको इजरायली आक्रमणमा अमेरिकाको कुनै हात नरहेको दाबी गरेका हुन् ।

ट्रम्पले भनेका छन्, ‘म सजिलैसँग इरान र इजरायलबीच सम्झौता गराएर यो रक्तपातपूर्ण द्वन्द्व अन्त्य गर्न सक्छु ।’ आइतबार इरानले तेहरान र वाशिंगटन डीसीबीच चलिरहेको छैटौं चरणको आणविक वार्ता रद्द गरेको छ ।

इजरायली आक्रमणपछि अब अमेरिकासँगको वार्ताको ढोका बन्द भएको इरानको भनाइ छ ।

शनिबार इरानले इजरायललाई थप सहयोग नगर्न अमेरिका, यूके, फ्रान्सलाई चेतावनी दिएको थियो ।

अन्यथा, मध्यपूर्वका देशमा रहेका अमेरिकी सैन्य अड्डा र पूर्वाधारलाई निसाना बनाउने इरानले चेतावनी दिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?