+
+
Shares
बलिउड :

आमिर खान र सेन्सर बोर्डबीच मतभेद, ‘सितारे जमीन पर’को रिलिजमा शंका

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २ गते १३:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आमिर खानको फिल्म ‘सितारे जमीन पर’को रिलिजलाई सेन्सर बोर्डले दुई दृश्य काट्न निर्देशन दिएपछि अनिश्चितता छ।
  • निर्माताले कुनै पनि दृश्य काट्न नमान्ने निर्णय गरेपछि, फिल्मको रिलिज सम्भावना थप जटिल बनेको छ।
  • आमिर खान र निर्देशक आरएस प्रसन्नाले सेन्सर बोर्डसँग पुनः छलफल गर्न सोमबार भेट गर्ने योजना बनाएका छन्।

मुम्बई । दर्शक आगामी शुक्रबार आमिर खानको फिल्म ‘सितार जमीन पर’को प्रतीक्षामा बसेको बेला, निर्माता र सेन्सर बोर्डबीच मतभेद देखिएको छ । निर्माता आमिरले फिल्ममा कैंची चलाउन अस्वीकार गरेका छन् ।

यो फिल्म सन् २०२५ को सबैभन्दा प्रतिक्षित फिल्ममध्ये एक हो । सबैको नजर  रिलिजमा केन्द्रित छ । ट्रेलर र गीत धेरै मन पराइएका छन् । निर्माताले यसलाई भारतभर ३००० भन्दा बढी स्क्रिनमा रिलिज गर्ने तयारी गरिरहेको खबर छ ।

तर अब यो फिल्म २० जुन २०२५, शुक्रबार रिलिज हुन्छ कि हुँदैन भन्नेमा शंका छ । फिल्मले अहिलेसम्म सेन्सर बोर्डबाट अनुमति पाएको छैन । यसको कारण भारतीय सेन्सर बोर्डले दुई ठाउँमा कैंची चलाउन दिएको निर्देशन हो ।

‘बलिउड हंगामा’को रिपोर्ट अनुसार, केन्द्रीय फिल्म प्रमाणन बोर्डले ’सितारे जमीन पर’ मा दुईवटा कटौती गरेको छ । यो बुझिएको छ कि आमिर खान यसको लागि तयार छैनन् । उनी कुनै पनि कटौती बिना फिल्म रिलिज गर्न चाहन्छन् ।

विवरणमा भनिएको छ, ‘आमिर खान र निर्देशक आरएस प्रसन्ना दुवैले यो फिल्म धेरै सोचविचार गरेर बनाएको बताएका छन् र सेन्सर बोर्डले आपत्ति जनाएका दुई दृश्य वा संवादहरू पटकथाको दृष्टिकोणबाट धेरै महत्वपूर्ण छन् ।’

सेन्सर बोर्डले कुन दृश्य वा संवाद काटेको छ भन्ने बारेमा कुनै जानकारी छैन । निर्माता ती दृश्य काट्न तयार नभएकोले, सेन्सर बोर्डले फिल्मलाई रिलिज प्रमाणपत्र नदिने कुरा स्पष्ट छ । यस्तो अवस्थामा, शुक्रबार, जुन २० मा हुने रिलिज पनि स्थगित हुन सक्छ ।

यसैबीच, आमिरले सोमबार पुनः सेन्सर बोर्डको समितिलाई भेटेर समस्याबारे कुराकानी गर्ने भएका छन् । ‘सितारे जमीन पर’को अग्रिम बुकिङ अझै सुरु भएको छैन किनभने यसले प्रदर्शन अनुमति प्राप्त गरेको छैन । यदि सोमबार सबै कुरा मिल्यो भने, टिकटको अग्रिम बुकिङ अबेर राति वा मंगलबार बिहानबाट सुरु हुनेछ ।

‘सितारे जमीन पर’मा आमिरसँगै जेनेलिया डिसुजा देशमुख र १० जना अपाङ्गता भएका कलाकारको अभिनय छ । यसको कथा एक भलिबल प्रशिक्षकको बारेमा हो जसलाई अदालतबाट सजाय स्वरूप यी अपाङ्गता भएका बालबालिकाहरूको टोलीलाई प्रशिक्षण दिने काम दिइएको छ ।

वास्तविक जीवनमा मानिसले भन्न सक्छन् कि यी बच्चा ’सामान्य’ छैनन् । तर फिल्मले तपाईंलाई एउटा प्रेरणादायी यात्रामा लैजान्छ, जसको सार यो हो कि ’सबैको आफ्नै नर्मल हुन्छ । ’सितारे जमीन पर’को रनटाइमको बारेमा पनि जानकारी आएको छ । यो फिल्म २ घण्टा ३५ मिनेट लामो रहेको बताइएको छ । यो स्पेनी फिल्म ’च्याम्पियन्स’ को आधिकारिक रिमेक हो ।

आमिर खान यो फिल्मबाट तीन वर्षपछि पर्दामा फर्कदैछन् । उनको पछिल्लो फिल्म ‘लालसिंह चड्डा’ थियो । त्यो फिल्म रिलिजपछि उनले विश्राम लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?