+
+
Shares

चीनले आफ्ना नागरिकलाई भन्यो– जोर्डनको सिमाना हुँदै इजरायल छाड

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३ गते १२:२७

३ असार, काठमाडौं । चीनले आफ्ना नागरिकहरुलाई इजरायल छाड्न भनेको छ । इरान र इजरायलबीच लडाइँ थप चर्किने सम्भावना भएको भन्दै चीनले जोर्डनको बाटो हुँदै फर्किन भनेको छ ।

चिनियाँ दूतावासले हवाई क्षेत्र बन्द भएकाले स्थलमार्ग प्रयोग गर्न भनेको छ ।

चिनियाँ सरकारी पत्रिका ग्लोबल टाइम्सका अनुसार जोर्डन र इजिप्टसँग जोडिएको इजरायली सिमाना खुल्ला छ ।

त्यसैले चिनियाँ दूतावासले जोर्डनको बाटो प्रयोग गरेर फर्किन आफ्ना नागरिकलाई भनेको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?