+
+
Shares

छत्रकोटले ५० वर्ष पुगेका एकल महिला र पुरुषलाई जीवन निर्वाह भत्ता दिने

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ४ गते ८:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले ५० वर्ष पुगेका एकल नागरिकलाई जीवन निर्वाह भत्ता दिने योजना घोषणा गर्यो।
  • अध्यक्ष रामप्रसाद पाण्डेले यस कार्यक्रमले सामाजिक उत्तरदायित्व र नागरिक सम्मान बढाउने बताए।
  • गाउँपालिकाले कार्यक्रमलाई विस्तार र आवश्यकतानुसार सेवा समायोजन गर्ने योजना बनाएको छ।

४ असार, गुल्मी । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले ‘स्थानीय सरकार सारथी’ कार्यक्रमअन्तर्गत ५० वर्ष पुगेका एकल महिला तथा पुरुषलाई जीवन निर्वाह भत्ता प्रदान गर्ने भएको छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागि प्रस्तुत नीति कार्यक्रममा समाजका ज्येष्ठ नागरिक र एक्लो जीवन बिताइरहेका नागरिकहरूलाई सम्मानका साथ जीवनयापन गर्न सक्ने वातावरण सिर्जना गर्ने उद्देश्य लिएको छ ।

५० वर्ष उमेर नाघेका तर एकल महिला तथा पुरुषहरूलाई लक्षित गरी ‘जीवननिर्वाह सारथी भत्ता’ उपलब्ध गराइने गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।

छत्रकोट गाउँपालिकाका अध्यक्ष पाण्डेको अनुसार, ‘सारथी कार्यक्रमले स्थानीय सरकारको सामाजिक उत्तरदायित्वलाई सुदृढ पार्नेछ र एकल नागरिकहरूको जीवनमा सम्मान र आत्मबल थप गर्ने बताए ।

गाउँपालिकाले यस कार्यक्रमलाई क्रमिक रूपमा विस्तार गर्दै आवश्यकता अनुसार सेवा समायोजन गर्ने योजना पनि बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?