+
+
Shares

‘महाभोज’ हेरेपछि सांसद शाही : सहकारीको विषयलाई संसदमा पुनः उठाउन जरुरी

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ४ गते १२:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद ज्ञानेन्द्र शाहीले फिल्म ‘महाभोज’ले सहकारी ठगीको यथार्थ चित्रण गरेको भन्दै संसदमा पुनः छलफल गर्न आवश्यक देखाएका छन्।
  • फिल्मले सहकारीको उद्देश्य र दुरुपयोगलाई उजागर गरेको र यसलाई छानबिन गर्न संसदले कदम चाल्नुपर्ने उनले बताए।
  • समीक्षक र दर्शकले फिल्मको कथा, निर्देशन र कलाकारको अभिनयको प्रशंसा गरेका छन्।

काठमाडौं । फिल्म ‘महाभोज’ले सहकारी ठगीको यथार्थ चित्रण गरेको भन्दै राप्रपा सांसद ज्ञानेन्द्र शाहीले यस विषयलाई संसदमा पुनः उठाउनुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

मङ्गलवार साँझ क्युएफएक्सको सेन्ट्रल सिनेमा हलमा फिल्म हेरेपछि उनले यस्तो बताएका हुन् । उनले यो फिल्मले कुनै व्यक्तिलाई लक्षित नगरी सहकारीमा कसरी ठगी हुन्छ भन्ने समग्र पक्षलाई उजागर गरेको बताए ।

सहकारीको स्थापना राम्रो उद्देश्यका लागि भए पनि त्यसको दुरुपयोग भइरहेको यथार्थ फिल्ममा देखाइएको उनले बताए । ‘निर्देशकले जोखिम मोलेर यो कथा उठाउने हिम्मत गर्नुभएको छ, अब यसले हामीलाई फेरि पनि संसदमा बोल्न बाध्य बनाएको छ’ शाहीले भने ।

उनले यसअघि पनि संसदीय समिति गठन गरी सबैलाई छानबिन गर्नुपर्ने माग गरिएको र यो देशब्यापी समस्या भएको बताए । शाहीको भनाइ छ, ‘कि त ऐन ल्याउनुपर्‍यो, कि त छानबिन हुनुपर्‍यो । अब फेरी संसदमा आवाज उठ्नेछ ।’

शुक्रबार रिलिज भएको फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया बटुलेको छ । दर्शकले यो फिल्मले यथार्थ चित्रण गरेकाले हेर्नुपर्ने धारणा राखेका छन् । दर्शकमात्र होइन, समीक्षकले पटकथा, निर्देशन र कलाकारको अभिनयको प्रशंसा गरेका छन् ।

मङ्गलवार साँझ कलाकारहरू अनुभव रेग्मी, सलोन बस्नेत, गजित बिष्ट, निर्देशक शोभित बस्नेत, कोरियोग्राफर गम्भीर बिष्टले पनि फिल्म हेरेर यो फिल्मलाई राजनीतिज्ञ पनि हेर्नुपर्ने धारणा राखेका छन् ।

दिनेश राउतको निर्देशन र विकास सुवेदीको पटकथा रहेको यो फिल्मलाई क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुतिमा निर्माण गरिएको हो । फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, बुद्धि तामाङको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?