+
+
Shares

यूके र लिथुआनिया पठाइदिन्छु भन्दै ठगेको आरोपमा ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ४ गते १२:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीन व्यक्तिलाई ठगी मुद्दामा पक्राउ गरेको छ।
  • ती व्यक्तिहरूले यूके र लिथुआनिया पठाइदिन्छु भन्दै पीडितहरूबाट रकम ठगी गरेका थिए।
  • पक्राउ परेकाहरूमा सुजनी कुमारी साह, दीपक कुमार उदास र रेशिका हमाल न्यौपाने छन्।

४ असार, काठमाडौं । यूके र लिथुआनिया पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ बस्ने धनुषा घर भएकी २६ वर्षीया सुजनी कुमारी साह, सुनसरी धरान घर भएका ३४ वर्षीय दीपक कुमार उदास र भक्तपुर चाँगुनारायणकी २३ वर्षीया रेशिका हमाल न्यौपाने छिन् ।

पक्राउ परेकामध्ये सुजनी कुमारीले यूके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १७ लाख ४ हजार रूपैयाँ, दिपक कुमारले यूके पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ३४ हजार रूपैयाँ र रेशिकाले लिथुआनिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख ८ हजार रूपैयाँ ठगी गरेको आरोप छ ।

पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?