+
+
Shares

एआईजी ठाडा मगरलाई दर्ज्यानी चिह्न प्रदान

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ४ गते १६:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले गणेश बहादुर ठाडा मगरलाई अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरे।
  • उहाँले नयाँ पदको जिम्मेवारीलाई पूर्ण व्यवसायिकता र जिम्मेवारीसाथ निर्वाह गर्न निर्देशन दिए।
  • कार्यक्रममा सशस्त्र प्रहरी परिवारका सदस्यहरू र वरिष्ठ अधिकारीहरू उपस्थित थिए।

४ असार, काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा भएका गणेश बहादुर ठाडा मगरलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

उनलाई गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी नायब महानिरीक्षकबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नती गरेको थियो ।

महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका गणेश बहादुर ठाडा मगरलाई हार्दिक बधाई दिए । बढुवासँगै थपिएको पदीय जिम्मेवारीलाई उत्तरदायी भई पूर्ण व्यवसायिकता साथ निर्वाह गर्नुपर्ने महानिरीक्षक अर्यालले बताए ।

उनले दीर्घकालीन रुपमा संगठनको लक्ष्य हासिल गर्न पेशागत जीवनमा लामो समय हासिल गरेका सबै सशस्त्र प्रहरी कर्मचारीहरुको ज्ञान, सीप, क्षमता र अनुभवको उच्च मुल्यांकन हुने भएको हुँदा कार्यक्षेत्रमा खटिदा आम नागरिकको सेवा, सुरक्षा र सहयोगमा ईमान्दार र कर्तव्यनिष्ठ भई लाग्नुपर्ने पनि बताए ।

महानिरीक्षक अर्यालले भ्रष्टाचार एवं लैङ्गिक हिंसामा शुन्य सहनशिलता एवं मानवअधिकारको संरक्षण र सम्वद्र्धनमा हरहमेशा कटिबद्ध तथा पूर्ण व्यावसायिकतासाथ लाग्नुपर्ने बताउँदै आपसी भाईचारा, बन्धुत्व, सद्भाव एवं सहयोगी भावनाकासाथ संगठनप्रति निष्ठावान हुँदै अनुशासित र ईमान्दारितापूर्वक आफ्ना कामकारवाही अगाडी बढाउनुपर्ने बताए ।

कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछाने अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र बंशीराज दाहाल लगायत सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारी एवं सशस्त्र प्रहरी बल नेपालका सिनियर तथ जुनियर अधिकृतहरू र विल्लादार जवानहरुको समेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?