
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले विश्व बैंक समूहबाट ५० अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको छ।
- मन्त्रिपरिषद् बैठकले २० अर्ब ७९ करोड र २९ अर्ब ७२ करोड रुपैयाँ ऋण सहायता स्वीकृत गरेको हो।
- ऋण रकम पुल सुधार, मर्मत, र रणनीतिक सडक सञ्जाल सुधारमा खर्च गरिनेछ।
४ असार, काठमाडौं । सरकारले विश्व बैंक समूहबाट साढे ५० अर्ब रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण लिने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट २० अर्ब ७९ करोड र विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट २९ अर्ब ७२ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।
२० अर्ब ७९ करोड रुपैयाँ पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणका लागि खर्च गरिने निर्णयमा उल्लेख छ ।
त्यस्तै अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने २९ अर्ब ७२ करोड रुपैयाँ भने रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्ग सुधार आयोजनामा खर्च हुने भएको छ ।
बैठकले दक्षिण कोरिया सरकारबाट बर्दिया जिल्लामा सञ्चालन हुने समावेशी ग्रामीण विकास परियोजनाका लागि १ अर्ब ८ करोड ८० लाख रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय समेत गरेको छ ।
प्रतिक्रिया 4