+
+
Shares

आयोगलाई रास्वपाको प्रश्न- जिम्मेवारी हेरफेर किन अद्यावधिक नगरेको ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ६ गते १९:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी पदाधिकारीको फेरबदल अद्यावधिक नगरेको भन्दै निर्वाचन आयोगको भूमिकामाथि प्रश्न उठाएको छ।
  • निर्वाचन आयोगले हालसम्म महामन्त्री डा. मुकुल ढकाल नै रहेको धारणा सार्वजनिक गरेको थियो।
  • रास्वपा कार्यबाहक प्रवक्ता मनिष झाले भने, निर्वाचन आयोगले जिम्मेवारी अनुसार विवरण अद्यावधिक गर्नुपर्ने बताए।

६ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी पदाधिकारीमा भएको फेरबदल अद्यावधिक नगरेको भन्दै निर्वाचन आयोगको भूमिकामाथि प्रश्न उठाएको छ ।

०८१ असार २५ गते पार्टीले गरेको निर्णय अनुसार साउन १७ गते निर्वाचन आयोगमा निवेदन पेश भएको रास्वपाले जनाएको छ ।

निर्वाचन आयोगले आफ्नो हालसम्मको अभिलेखमा महामन्त्री डा. मुकुल ढकाल नै रहेको भनी आफ्नो धारणा सार्वजनिक गरेको थियो ।

त्यसप्रति आपत्ति जनाउँदै रास्वपा कार्यबाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको तर्फबाट आधिकारिक निवेदन गरिसकेपछि सो सम्बन्धी विवरण अद्यावधिक गर्ने जिम्मेवारी निर्वाचन आयोगको भएकोले हालसम्म किन अद्यावधिक गरिएन यसको जवाफ निर्वाचन आयोगले नै दिनुपर्ने देखिन्छ ।’

रास्वपाको विज्ञप्ति अनुसार, निर्वाचनबाट हेरफेर भएको विवरण अनुसार काम गर्नु भनेर निर्वाचन आयोगले समेत सूचना दिँदै आएको थियो ।

तर, आयोगले गरेको पत्राचारमा भने राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र सदस्यहरूको १५ महिनाअघि हेरफेर भएको र त्यसयता केही अद्यावधिक नभएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?