+
+
Shares

संसद्‌मा चित्रबहादुरको व्यंग्य : नाच जस्तो नाच गरौं भने घाँघर फाट्ने !

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ८ गते १३:१२
प्रतिनिधिसभाको आइतबारको बैठकमा राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी । तस्वीर : चन्द्र आले/अनलाइनखबर ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चित्रबहादुर केसीले संसद्को कामकारबाही गम्भीर आपत्ति जनाउँदै सत्तामा बस्नेहरूलाई व्यंग्य गरे।
  • उनले युवाहरूको स्थिति र शिक्षाको वर्तमान अवस्थालाई ध्यान दिन आवश्यक रहेको बताए।
  • शिक्षा प्रणालीले नेपालको भूमि अनुसारको जनशक्ति उत्पादन गर्न नसकेको र विदेशी प्रवृत्तिहरू बढिरहेको उनको भनाइ छ।

८ असार, काठमाडौं । राष्ट्रिय जनमोर्चा (राजमो)का अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य चित्रबहादुर केसीले संसद्को कामकारबाही गम्भीर आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘सभामुख महोदय, आजको विषय गम्भीर छ । अब अलि चर्को कुरा गरौं भने सत्तामा बस्ने साथीहरूलाई घोचपेच गरे जस्तो हुने । कुरा जस्तो कुरा गरौं भने चित्त फाट्ने । नाच जस्तो नाच गरौं भने घाँघर फाट्ने भन्थ्यो रे एउटाले, त्यस्तै स्थिति छ,’ सांसद केसीले व्यंग्य गरे ।

युवा तथा खेलकुद मन्त्रालयको बजेटमाथि छलफल चलिरहँदा नेपालमा युवाहरूको स्थिति कस्तो छ भनेर प्रष्ट हुन आवश्यक रहेको बताए । युवाहरूलाई के पढाइएको छ, के सिकाइएको छ त्यो ख्याल गर्न आवश्यक रहेको बताए ।

अहिलेको शिक्षाले विदेश जाने जनशक्ति उत्पादन भइराखेको उनले बताए । आफूहरूले पढ्दा राम्रो नपढे शिक्षक समेत बन्न नसक्ने भन्ने गरिएको तर, अहिले जुन देशमा जाने हो त्यो देशबारे सिकाउने कार्य शैक्षिक क्षेत्रबाट भइराखेको उनले बताए ।

युवाले नेपाली नजान्ने र अंग्रेजी ज्यादा जान्ने प्रवृत्ति यसको उदाहरण भएको उनले बताए । निजी स्कुलमा नेपाली बोल्न नपाइने अवस्था रहेको स्मरण गर्दै उनले शिक्षा प्रणालीले नेपालको भूमि अनुसारको जनशक्ति उत्पादन नभइराखेको बताए । यसको दोष राज्य सञ्चालन गर्नेहरू रहेको बताए ।

पुर्खाको चरित्र के थियो त्यो बिर्सेर कार्य गर्दा शिक्षा प्रणाली ध्वस्त भएको बताए । शिक्षा प्रणालीले युवालाई विदेशमा बेच्ने काम गरिरहेको उनको टिप्पणी छ ।

लोकतन्त्र, गणतन्त्रमाथि जताबाट पनि आक्रमण हुन थालेको भन्दै उनले व्यवस्थाप्रति विश्वास जगाउन बजेट वितरण समेत समान हुन सक्नुपर्ने बताए । अन्यथा, मुलुक थप समस्यामा पर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?