
News Summary
Generated by OK AI. Editorially reviewed.- सांसद पूर्णबहादुर तामाङले उपप्रधानमन्त्री प्रकाशमान सिंहले योजना छनोट आवश्यकताको आधारमा नगरेको आरोप लगाएका छन्।
- उनले बजेटको असमान वितरण र नेताहरूको निर्वाचन क्षेत्रमात्र हेरेको आरोप लगाए।
८ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आवश्यकताको आधारमा योजना छनोट नगरेको बताएका छन् ।
काठमाडौं बसेर काठमाडौंमै मात्रै योजना हालेको भन्दै उनले प्रकाशमान सिंह देशभरिको नेता बन्न नसकेको बताए ।
पार्टीमा पनि नेता रहेका प्रकाशमान सिंहले बजेटमा गरेको असमान वितरणको हिसाब किताब पार्टीको १५औं महाधिवेशनमा गर्ने चेतावनी दिए ।
‘तपाईं सुध्रिनुस् भनेर भनिदिएको हो । हरेक मान्छेले तपाईंलाई चयाप्दै ल्याएको छ,’ उनी भन्छन्, ‘१५औं महाधिवेशनमा तपाईंसँगको कुराको छलफल हुन्छ । हामी पनि महाधिवेशन चुनाव जितेर आउँला नि,’ सांसद कान्छारामले भने ।
बजेटको असमान वितरणबारे पार्टीमै कुरा राख्न खोजेको पनि उनले बताए ।
दलले बैठक नराखेकोले संसद्मै राखेको उनले बताए । पार्टी सभापति हुने भनेर आशा गरेको व्यक्तिबाट असमान बजेट वितरण हुनुले दु:ख लागेको उनको भनाइ छ ।
सांसद तामाङले अर्थमन्त्री विष्णु पौडेले पनि आफ्नो र शीर्ष नेताको निर्वाचन क्षेत्र मात्रै हेरेको आरोप लगाए । सहरी विकास मन्त्री र अर्थमन्त्रीले मित लगाए जस्तो योजना साटासाट गरेको टिप्पणी गरे ।
सांसद तामाङले सहरी विकासमन्त्री सिंह र अर्थमन्त्री विष्णु पौडेल दुवै २०८४ को चुनावमा पुन: चुनाव जितेर संसद्मा नआउन् भन्ने कामना पनि गरे ।
प्रतिक्रिया 4