+
+
Shares

उदयपुरमा वडाध्यक्ष र वडा सदस्यको निधन

रौतामाई गाउँपालिकाका उपाध्यक्ष भूपेन्द्र थापा क्षेत्रीका अनुसार वडा २ का वडाअध्यक्ष दाहालको ६८ वर्षको उमेरमा उपचारका क्रममा काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा आज निधन भएको हो।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ८ गते १९:३३
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उदयपुरको रौतामाई र ताप्ली गाउँपालिकाका वडाअध्यक्ष र वडा सदस्यको निधन भएको छ।
  • वडाअध्यक्ष होमबहादुर दाहालको ६८ वर्षको उमेरमा उपचारका क्रममा निधन भयो।
  • वडा सदस्य छविजर्घा मगर लामो समयदेखि बिरामी थिए र शनिबार निधन भए।

८ असार, गाईघाट। उदयपुरको रौतामाई गाउँपालिका–२ का वडाअध्यक्ष होमबहादुर दाहाल र ताप्ली गाउँपालिका–३ का वडा सदस्य छविजर्घा मगरको निधन भएको छ ।

रौतामाई गाउँपालिकाका उपाध्यक्ष भूपेन्द्र थापा क्षेत्रीका अनुसार वडा २ का वडाअध्यक्ष दाहालको ६८ वर्षको उमेरमा उपचारका क्रममा काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा आज निधन भएको हो।

यस्तै, ताप्ली गाउँपालिका–३ का वडा सदस्य ३९ वर्षीय छविजर्घा मगरको शनिबार निधन भएको ताप्ली गाउँपालिकाका अध्यक्ष ढुङ्गराज विकले बताए । उनले लामो समयदेखि बिरामी थिए।

वडाध्यक्ष दाहाल र वडा सदस्य मगरको निधनको शोकमा आज दुवै पालिकाले आफ्ना सबै सेवा बन्द गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?