
९ असार, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सरेको छ ।
यही असार १५ गते बीपी स्मृति भवन सानेपामा तय गरिएको बैठक १६ गतेका लागि सारिएको हो ।
बैठक १६ गते १ बजे बोलाइएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
विशेष कारण देखाएर बैठकको मिति सारिए पनि स्थान भने सारिएको छैन ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई उपस्थितिका लागि निर्देशन दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4