
News Summary
Generated by OK AI. Editorially reviewed.- संसदीय अर्थ समितिले सुनचाँदी व्यवसायीहरूको संरक्षण गर्न र कर प्रणाली चुस्त बनाउन निर्देशन दिएको हो।
- समितिले अरु देशमा बजार नजाने गरी उद्योगीहरूको संरक्षण गर्न सम्पूर्ण शुद्धीकरण गर्नुपर्ने बताए।
- बैठकमा सुन, चाँदी र गरगहनामा लगाइएको कर सम्बन्धी निवेदन र ऐन संशोधनको विषयमा छलफल भएको थियो।
९ असार, काठमाडौं । नेपालका सुनचाँदी व्यवसायीहरूको संरक्षण गरी कर प्रणाली चुस्त बनाउन संसदीय समितिले निर्देशन दिएको छ ।
सोमबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकले सरकारलाई उद्योगी व्यवसायीहरुको संरक्षण गर्न र राज्यले पनि आफ्नो कर प्रणाली चुस्त बनाउन अर्थ समितिले सरकारलाई निर्देशन दिएको हो ।
समितिको तर्फबाट निर्देशन दिँदै समिति सभापति सन्तोष चालिसेले अरु देशमा बजार नजाने गरी यहाँका उद्योगी व्यवसायीहरूको संरक्षण गर्नेगरी यसलाई सम्पूर्ण शुद्धीकरण गर्नुपर्ने बताए ।
उद्योगी व्यवसायी बाँकी रहे मात्रै कर उठ्ने भन्दै उनले उद्योगी व्यवसायीहरुको संरक्षण गर्ने किसिमको नीति आवश्यक रहेको बताए ।
‘अरु देशमा बजार नजाने गरी यहाँका उद्योगी व्यवसायीहरुको संरक्षण गर्नेगरी यसलाई सम्पूर्ण शुद्धिकरण गरेर हामीलाई जानकारी दिने,’ समितिकव निर्णय छ, ‘उद्योगी व्यवसायी बाँकी रहे ट्याक्स उठ्ने र नउठ्ने हुन्छ । उद्योगी नै बाँकी रहेनन् भने ट्याक्सको कुरा नै नगरे हुन्छ । यहाँका उद्योगी व्यवसायीहरूको संरक्षण गर्ने र राज्यले पनि आफ्नो कर प्रणाली चुस्त बनाउने ।’
समितिमा सोमबार आर्थिक विधेयक मार्फत सुन, चाँदी र गरगहनामा लगाइएको करका सम्बन्धमा नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको निवेदन र बैङ्क तथा बित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा आन्तरिक छलफल भएको थियो ।
प्रतिक्रिया 4