+
+
Shares

टाटा कर्भ ईभीमा काठमाडौंदेखि कन्याकुमारीसम्म यात्रा

विश्व वातावरण दिवस २३ जेठका दिन थापाथलीस्थित टाटा मोटर्स शोरुमबाट टाटा कर्भ ईभीमा सुरु गरिएको यो विद्युतीय गाडीको यात्रा भारतको दक्षिणी छेउ कन्याकुमारीसम्म पुगेर करिब ६ हजार ७ सय किलोमिटर यात्रापछि थापाथलीस्थित टाटा मोटर्स शोरुममै आएर सम्पन्न भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १० गते १५:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौंबाट भारतको कन्याकुमारीसम्मको ‘केटुके ड्राइभ’ सम्पन्न गरेको छ ।
  • अटो उत्साहीद्वय ओझा र कासजुले यात्रा अनुभव र चार्जिङ इन्फ्रास्ट्रक्चरको चर्चा गरे।

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौंदेखि भारत कन्याकुमारीसम्मको ‘केटुके ड्राइभ’ सम्पन्न गरेका अवशिषप्रसाद ओझा र विजयराम कासजुका लागि शुभकामना कार्यक्रम आयोजना गरेको छ ।

विश्व वातावरण दिवस २३ जेठका दिन थापाथलीस्थित टाटा मोटर्स शोरुमबाट टाटा कर्भ ईभीमा सुरु गरिएको यो विद्युतीय गाडीको यात्रा भारतको दक्षिणी छेउ कन्याकुमारीसम्म पुगेर करिब ६ हजार ७ सय किलोमिटर यात्रापछि थापाथलीस्थित टाटा मोटर्स शोरुममै आएर सम्पन्न भएको छ ।

आज मंगलबार टाटा कर्भ ईभीको यात्रामा सहभागी अटो उत्साहीद्वय ओझा र कसजुसँग थापाथलीस्थित पीभीईबीयू शोरुममा अनुभव आदान–प्रदान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा यात्रा अनुभव, चार्जिङ इन्फ्रास्ट्रक्चर, सडक अवस्था र टाटा कर्भ ईभीको उत्कृष्ट प्रदर्शनबारे छलफल भएको थियो ।

यात्रामा सहभागी ओझाले भने, ‘कर्भ ईभीले लामो दुरीको यात्रा अत्यन्त सहज र रोमाञ्चक बनायो । भारतभरिका चार्जिङ स्टेसन, रोड कन्डिसन र गाडीको पर्फर्मेन्स उत्कृष्ट रहेको अनुभव गर्‍यौं । कर्भ ईभीले भारतमा एकै चार्जमा ५ सय किलोमिटरभन्दा बढीसम्म रेन्ज दियो र नेपालमा ३ सय ७५ किलोमिटरभन्दा बढी रेन्ज दिएको थियो, जुन एकदमै प्रभावशाली रह्यो । टाटाको गाडी लिएर भारत जाने सोच्दै हुनुहुन्छ भने ढुक्क भएर यात्रा गर्न सकिन्छ ।’

यात्राका अर्का सहभागी विजय कसजुले थपे, ‘यात्रा केवल ड्राइभमात्र होइन, यो विद्युतीय सम्भावनाहरूको परीक्षण थियो, र हामी उत्साहित छौं कि कर्भ ईभीले त्यो सम्भावनालाई प्रमाणित गर्‍यो ।’

कार्यक्रममा प्यासेन्जर गाडी डिभिजनका जनरल म्यानेजर सावन्तजंग सिजापतिले भने, ‘हामी यस ऐतिहासिक ड्राइभमा जोडिन पाएकोमा गर्व गर्छौं । यी प्रेरणादायक अटो उत्साहीलाई धेरै–धेरै बधाई छ । कुनै समय काठमाडौं बाहिर विद्युतीय गाडी लग्न दुईचोटि सोच्नुपर्थ्यो, अहिले नेपालबाट भारतको यात्रा गर्दा पनि सहज छ भने सन्देश यो केटुके ड्राइभले पुष्टि गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?