+
+
Shares

रवि र रास्वपालाई अन्याय नहोस् भनेर प्रयासरत छु : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १० गते १७:२२
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भन्नका लागि प्रयास गरिरहेको बताए।
  • उहाँले रास्वपाका नेता कार्यकर्ताले पनि बुझ्दै जाने बताएका छन् र सदनको वर्तमान परिस्थितिबारे छलफल भएको जानकारी दिए।
  • प्रचण्डले समाजवादी मोर्चालाई कसरी अघि बढाउने भन्नेबारे सामान्य छलफल भएको बताए।

१० असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा र सो पार्टीका सभापति रवि लामिछानेलाई अन्याय नहोस् भन्नका लागि आफू अहिले पनि प्रयासरत रहेको बताएका छन् ।

मंगलबार सिंहदरबारमा नेकपा एकीकृत समाजवादीका नेताहरूसँगको छलफलबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिने क्रममा प्रचण्डले यस्तो बताएका हुन् ।

‘म अहिले पनि रास्वपालाई धेरै भन्न चाहन्नँ । रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भन्नका लागि मैले अन्तिम समयसम्म प्रयास गरेको, अझै गर्दैछु,’ प्रचण्डले भनेका छन् ।

साथै, रास्वपाका नेता कार्यकर्ताले पनि सो कुरा विस्तारै बुझ्दै जाने उनको भनाइ थियो ।

‘रास्वपाका साथिहरूले एकदिन बुझ्नुहुन्छ,’ पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने ।

उनले आजको छलफलमा सदनमा पछिल्लो पटक देखिएको परिस्थितिबारे छलफल भएको जानकारी दिए ।

‘अहिले सदनमा भइरहेको परिस्थितिबारे पनि अलिकति चर्चा गरियो,’ प्रचण्डले भने, ‘अनि समाजवादी मोर्चालाई कसरी अघि बढाउने भन्नेबारे पनि सामान्य छलफल हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?