+
+
Shares

बाबुराम नेतृत्वको नेसपा (नयाँ शक्ति) गण्डकी संयोजक बने नेत्र

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १० गते १७:४७

१० असार, पोखरा । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को गण्डकी प्रदेश संयोजकको जिम्मेवारी युवा नेता नेत्र चापागाईंले प्राप्त गरेका छन् ।

कास्कीको लुम्लेमा २ दिनसम्म चलेको गण्डकीको विस्तारित बैठकले नेत्रलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।

विद्यार्थी आन्दोलन हुँदै नयाँ शक्तिको संस्थापक सदस्य रहेका नेत्र माघ अन्तिम साता काठमाडौंमा भएको पहिलो महाधिवेशनमा बाबुरासँग नै प्रतिस्पर्धा गरेका थिए । हार निश्चित जस्तै देखेर पनि लोकतान्त्रि पद्धती स्थापित गर्ने निर्णयसहित नेत्र प्रतिस्पर्धामा उत्रिएका थिए ।

शिक्षा सुधारको मागसहित सातै प्रदेश राजधानी र काठमाडौं माइतीघरमा उभिएका नेत्रले राजनीतिलाई फरक हिसाबले प्रस्तुत गरिरहेका छन् ।

केन्द्रीय सचिवालय सदस्य तथा गण्डकी संयोजक किरण थापा ‘आमोद’ माओवादी केन्द्र प्रवेश गरेपछि रिक्त पदमा नेत्रलाई जिम्मेवारी दिइएको नेसपा नेता गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणीन्द्र देवकोटाले जानकारी दिए ।

लुम्लेमा २ दिनसम्म बसेको गण्डकीको बिस्तारित बैठकले भदौको १४ गते सबै वडाको भेला गर्ने निर्णय गरेको छ । भदौको २१ गते सबै पालिकाको अधिवेशन गर्ने, कात्तिकको १५ गते प्रदेश अधिवेशन गर्ने निर्णय गरेको देवकोटाले जानकारी दिए ।

देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति रहेको शासन व्यवस्था र पूर्ण समानुपातिक निर्वाचनको पक्षमा नेसपा नयाँ शक्ति आन्दोलनमा जाने निर्णय गरिएको देवकोटाले जानकारी दिए ।

गोरखकाली रबर उद्योग, बुढीगण्डकी आयोजना, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा बसपार्कलगायत भ्रस्टाचारसँग जोडिएका, छिटो सम्पन्न गर्नुपर्ने, सञ्चालनमा ल्याउनुपर्ने मागसहित आन्दोलन गर्ने निर्णय भएको देवकोटाको भनाइ थियो ।

गण्डकी प्रदेशबाट साउन ११ गते ११ बजे ११ वटै जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन गर्ने निर्णय भएको देवकोटाले जानकारी दिए ।

पोखरामा भएको पत्रकार सम्मेलनमा डा. बाबुराम भट्टराईले सबै दल भ्रस्टाचारको दलदलमा फसेकाले निश्पक्ष अनुसन्धानका लागि दबाब दिन पनि आन्दोलन गर्नुपर्ने बेला भएको बताए ।

उनले आफूमाथि अनुसन्धान गर्न आह्वान नै गरेको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?