
News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी बजारमा रायो सागको मूल्य बुधबार १६ रुपैयाँले बढेर प्रतिकिलो औसत ४१ रुपैयाँ पुगेको छ।
- व्यवसायीहरूले भने बजारमा रायो सागको आपूर्ति कम भएकाले मूल्य बढेको बताएका छन्।
- अन्य सागहरू पालुंगो, चम्सुर र तोरीको मूल्य क्रमशः ३० देखि ३५ रुपैयाँ कायम रहेको छ।
११ असार, काठमाडौं । बजारमा रायो सागको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको मूल्यसूची अनुसार बुधबार रायो सागको थोक मूल्य बढेको हो ।
बुधबार कालीमाटी बजारमा रायो सागको प्रतिकिलो थोक मूल्य अधिकतम ४५ रुपैयाँदेखि औसत ४१ रुपैयाँसम्म तोकिएको छ । मंगलबार भने रायो साग प्रतिकिलो औसत २५ रुपैयाँमा कारोबार भएको थियो । आज रायो सागको प्रतिकिलो मूल्य १६ रुपैयाँले बढेको हो ।
यस्तै बजारमा पालुंगो साग प्रतिकिलो ३५, चम्सुर साग र तोरीको साग प्रतिकिलो ३० रुपैयाँमा कारोबार भइरहेको छ । मेथी सागको मूल्य भने प्रतिकिलो ७७ रुपैयाँ कायम छ ।
व्यवसायीका अनुसार अहिले बजारमा रायोको सागको आपूर्ति कम भएकाले मूल्य बढेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4