+
+
Shares

प्रहरी विधेयक असारभित्रै संसद्‌मा पेश गर्ने वातावरण बनाइदिन गृहमन्त्रीको आग्रह

उनले सशस्त्र प्रहरी बलको विधेयक पनि महत्वपूर्ण नै रहेको बताउँदै सो विधेयक पनि टुंगो लगाउन समिति समक्ष आग्रह गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ११ गते १६:०९
फाइल फोटो

११ असार, काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक असार महिनाभित्रै प्रतिनिधीसभा पेश गर्ने वातावरण बनाइदिन आग्रह गरेका छन् ।

बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले सम्भव भए नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक पनि असार महिनाभित्रै समितिबाट पारित गरेर सदनमा पेश गर्ने वातावरण बनाइदिन आग्रह गरेका हुन् ।

‘समितिमा आजबाट नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल प्रारम्भ गरेका छौं ।’ उनले भने–’ ७० सालपछि प्रहरी कानून बनाउँदै छौं । यो मेरो र गृहमन्त्रालयको प्राथमिकताको विषय हो । विधेयक टुंगो लगाउन जति समय छलफलका लागि भन्नु हुन्छ हामी तयार छौं ।’

उनले सशस्त्र प्रहरी बलको विधेयक पनि महत्वपूर्ण नै रहेको बताउँदै सो विधेयक पनि टुंगो लगाउन समिति समक्ष आग्रह गरे ।

‘गृह अन्तर्गतका अरु पनि विधेयकहरु पाइपलाइनमा छन् ।’ मन्त्री लेखकले भने–’यी विषयहरुमा समितिका माननीयहरुले दिनुभएको प्राथमिकताका लागि धन्यवाद दिन चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?