+
+
Shares

कांग्रेस–एमाले फरक दल हुन्, असमझदारी हुनु सामान्य हो : देउवा

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १३ गते ११:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेसँग असमझदारी सामान्य भएको बताए।
  • सरकारको निर्णयमा फरक बुझाइ देखिनु स्वाभाविक भएको तर सरकार सहमति अनुसार अघि बढिरहेको उनको भनाइ छ।
  • देउवाले कांग्रेसको आग्रहपछि सरकारले बजेटबाट ‘टेक एन्ड पे’ व्यवस्था हटाएको बताए ।

१३ असार, चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेसँग बेलाबखत असमझदारी हुनु सामान्य भएको बताएका छन् ।

सत्ता गठबन्धनमा साझेदारी गरे पनि एमाले फरक दल भएकाले असमझदारी देखिनु सामान्य भएको उनको भनाइ छ ।

चितवनको भरतपुरमा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले सरकारले गर्ने कुनै कुनै निर्णयमा फरक–फरक बुझाइ त्यही कारण देखिएको भन्दै यसलाई अनौठो मान्न नहुने बताए ।

‘एमाले फरक दल भएकाले कहिले कहिले असमझदारी पनि देखिन्छ, यो स्वभाविक हो,’ देउवाले भने तर सरकार आपसी सहमति अनुसार नै अघि बढेको छ ।’

कांग्रेसले आग्रह गरेपछि नै सरकारले बजेटबाट ‘टेक एन्ड पे’ व्यवस्था सहज रूपमा हटाएको देउवाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?