
१४ असार, बुटवल । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को शुक्रबार प्रकाशित नतिजामा रुपन्देहीका ८२ जनाले जीपीए फोर ल्याएका छन् ।
विद्यालयहरुले दिएको जानकारी अनुसार सबैभन्दा धेरै रुपन्देहीको मणिग्रामको सामुदायिक विद्यालय शान्ति नमूना माविका १८ जनाले जीपीए फोर ल्याएका छन् ।
यस्तै दोस्रोमा न्यु होराइजन अंग्रेजी आवासीय मावि बुटवलका ११ जना, तेस्रोमा अक्सफोर्ड बोर्डिङ बुटवलका १० जना,चौथोमा कालिका मानवज्ञान मावि बुटवलका ७ जनाले जीपीए फोर ल्याएका छन् ।
यस्तै सैनामैना नमुना माविका ४ जना, नयाँगाउँ मावि बुटवलका ४ जना, न्यू लुम्बिनी बोर्डिङ स्कुल, देवदहका ४ जनाले पनि जीपीए फोर ल्याएका छन् ।
यस्तै दिप बोर्डिङ स्कुल बुटवलका २ जना, प्रभात बोर्डिङ स्कुल सैनामैनाका २ जना, नवरत्न माध्यमिक विद्यालय बुटवलका २ जना, तिनाउ बोर्डिङ स्कुल बुटवका २ जना, गार्गी बोर्डिङ स्कुल बुटवलका २ जना र बुद्ध पब्लिक देवदहका २ जनाले पनि जीपीए फोर ल्याएका छन् ।
यस्तै रामापुर मावि सैनामैना, कान्ति मावि बुटवल, जनकल्याण मावि सैनामैना, ड्रिम भिजन बोर्डिङ स्कुल फर्साटिकर, सुनगाभा पब्लिक बोर्डिङ सैनामैना, सैनामैना मेमोरियल सैनामैना,सिद्धेश्वर लालकुमारी मावि बुटवल,नवीन औद्योगिक कदरबहादुर रीता मावि बुटवल,न्यु इन्भारमेन्ट बोर्डिङ तिलोत्तमा, होराइजन गौतमबुद्ध बोर्डिङ तिलोत्तमा ,ग्लोरी बोर्डिङ बुटवल र एभरेष्ट बोर्डिङ स्कुल बुटवलका एक–एक जना विद्यार्थीले जीपीए फोर ल्याएका ती विद्यालयहरुले जानकारी दिएका छन् ।
नेपालभरबाट ३.६० देखि ४ जीपीएसम्म अंक ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ रहेको छ । रुपन्देही जिल्लामा २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा २२ हजार ९७५ विद्यार्थीहरू सहभागी भएका थिए ।
प्रतिक्रिया 4