+
+
Shares

रासायनिक हतियार प्रयोग गरेको आरोपमा सुडानमाथि अमेरिकाले लगायो प्रतिबन्ध

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १५ गते ७:३१

१५ असार, काठमाडौं । गृहयुद्धमा रासायनिक हतियार प्रयोग गरेको भन्दै अमेरिकाले सुडानमाथि प्रतिबन्ध लगाएको छ ।

अमेरिकी सरकारले शुक्रबार फेडरल रजिस्टरमा प्रकाशित गरेको सूचनामा अमेरिकी निर्यात, हातहतियार बिक्री र खार्तूममा सरकारलाई आर्थिक सहायतामा लगाइएको प्रतिबन्ध कम्तीमा एक वर्षका लागि कायम रहने उल्लेख छ ।

गत जनवरीमा सुडानको सेनाले अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) सँगको युद्धमा दुर्गम क्षेत्रमा कम्तीमा दुई पटक रासायनिक हतियार प्रयोग गरेको समाचार न्युयोर्क टाइम्स पत्रिकाले छापेको थियो ।

नाम नखुलाइएका अमेरिकी अधिकारीलाई उद्धृत गर्दै पत्रिकाले उक्त हतियार क्लोरिन ग्याँस जस्तो देखिएको र यसले श्वासप्रश्वासमा गम्भीर समस्या भई मृत्युको कारण बन्न सक्ने उल्लेख गरेको छ ।
खार्तूमले भने रासायनिक हतियार प्रयोग गरेको आरोपको खण्डन गर्दै आएको छ ।

यद्यपि अमेरिकाले सुडानलाई लगाइएको प्रतिबन्ध अन्तर्गत अत्यावश्यक मानवीय सहायता र खाद्यान्न वा अन्य कृषिजन्य वस्तु वा उत्पादनबाहेकका सहायता बन्द गरिने जनाइएको छ ।

यद्यपि, केही सुविधामा आंशिक रूपमा माफी गरिनेछ किनभने ‘संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा हितको लागि यो आवश्यक छ’, विज्ञप्तिमा भनिएको छ ।

सन् २०२३ को अप्रिलमा सुडानका सेना र आरएसएफबीचको शक्ति संघर्षपूर्ण युद्धमा परिणत भएको थियो । यो गृहयुद्ध गरिब मुलुक सुडानका लागि अभिशाप बनेको छ ।

यस द्वन्द्वका कारण दशौं हजार मानिसको मृत्यु भएको छ भने एक करोड ३० लाख विस्थापित भएका छन् । सुडान युद्धलाई संयुक्त राष्ट्रसंघले विश्वकै सबैभन्दा खराबमध्येको एक मानवीय संकटको रूपमा व्याख्या गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?