
१६ असार, काठमाडौं । रुपन्देही–३ मा १७ कात्तिकमा उपनिर्वाचन हुने भएको छ ।
निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार रुपन्देही -३ मा उक्त दिन उपनिर्वाचन गर्ने निर्णय भएको हो ।
राप्रपाबाट निर्वाचित सांसद दीपक बोहराको निधन भएपछि उक्त क्षेत्र खाली छ ।
मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ बारे औपचारिक पत्र नआएकोले केही निर्णय नभएको उनले बताए ।
उक्त क्षेत्रबाट निर्वाचित स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) कारागार चलान भएपछि सो क्षेत्र खाली छ ।
निर्वाचन आयोगले सो क्षेत्रमा पनि उपनिर्वाचन गराउनुपर्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4