+
+
Shares

मधेशबाहेक ६ प्रदेशमा भारी वर्षाको सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १८ गते ७:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मौसम विभागले आज देशभर मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जानकारी दिएको छ।
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना र पहाडी भू–भागमा भारी वर्षा, मेघगर्जन र चट्याङको सम्भावना रहेको छ।
  • उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।

१८ असार, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोही कारण देशका अधिकांश भागमा आज वर्षाको सम्भावना रहेको छ । आज देशभर साधारणतया बदली रहने कोशी, बागमती, गण्डकी प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने छ ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । २४ घण्टाको अवधिमा ५० देखि १०० मिलिमिटर मापन हुनुलाई भारी वर्षा भएको मानिन्छ ।

आज देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको पनि सम्भावना छ ।

-राससबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?