+
+
Shares

अमरेशको माग : भ्रष्टाचार गर्न वैदेशिक ऋण लिने काम नगरौं

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २२ गते १०:०५
Photo Credit : News Agency Nepal

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद अमरेशकुमार सिंहले वैदेशिक ऋण लिएर भ्रष्टाचार र अनियमितता भएको भन्दै सचेत रहन आग्रह गरे।
  • उनले भैरहवा, पोखरा एयरपोर्टमा अनियमितता भएको बताए र अनुसन्धानको माग गरे।
  • सिंहले नागरिक धेरै भएको ठाउँमा मात्रै संरचना निर्माण गर्न र आम्दानी हुने ठाउँमा लगानी गर्न सुझाव दिए।

२२ असार, काठमाडौं । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले भ्रष्टाचार गर्न वैदेशिक ऋण लिने काम नगर्न आग्रह गरेका छन् । आइतबार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तरर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै वैदेशिक ऋण लिएर आम्दानी नहुने ठाउँमा लगानी गर्न उचित नरहेको तर्क गरे ।

सांसद सिंहले आम्दानी नहुने स्थानमा लगानी गर्न नहुने धारणा राखे । ‘मधेस प्रदेशमा त्यत्रो जनसंख्या छ तर त्यहाँ एयरपोर्ट छैन । भैरहवामा छ, एउटै प्रदेशमा दुई वटा बनेका छन् । तर प्रयोग हुन सकेको छैन,’ उनले भने, ‘भैरहवा र पोखराको एयरपोर्टमा धेरै अनियमितता भएको छ । विमानस्थलहरुलाई अलिकति सही ढंगले सदुपयोग हुने बनाउनुपर्छ ।’

उनले थपे, ‘ विदेशीको ऋण लिन्छौँ भने त्यसबाट आम्दानी हुनुपर्‍यो नि ! ऋण भ्रष्टाचार गर्नका लागि मात्रै लिने परिपाटी छ, त्यसमा समितिमार्फत ध्यानाकर्षण गराउँछु । जहाँ धेरै जनता छन् त्यही संरचनाहरु निर्माण गर्नुपर्छ । आम्दानी नहुने ठाउँमा लगानी नगरौँ ।’

सांसद सिंहले  भैरहवा र पोखराको एयरपोर्टमा धेरै अनियमितता भएको भन्दै अनुसन्धानको माग पनि गरे । उनले थपे, ‘भ्रष्टाचार गर्नका लागि वैदेशिक ऋण लिने काम नगरौं ।’

सांसद सिंहले नागरिक धेरै भएको ठाउँमा नै संरचनाहरु बढी बनाउँदा प्रयोग बढी हुने तर्क गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?