
News Summary
Generated by OK AI. Editorially reviewed.- ग्लोबल आइएमई बैंकको कोष प्रवर्द्धनमा ‘समुन्नत योजना २’ मा आवेदन खुल्यो।
- यो योजना १० वर्षे अवधिको हो।
२२ असार, काठमाडौं । ग्लोबल आइएमई बैंकको कोष प्रवर्द्धनमा अर्को म्युचुअल फन्ड ‘समुन्नत योजना २’ मा आवेदन खुलेको छ ।
यस योजनामा असार छिटोमा असार २५ गतेसम्म र सो अवधिसम्म सम्पूर्ण रुपमा बिक्री नभएमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिनेछ ।
फण्डको यस योजनामा लगानी गर्ने इकाइधनीले औसत वार्षिक २२.४ प्रतिशत प्रतिफल पाउने कोष व्यवस्थापक ग्लोबल आइएमइ क्यापिटलको दावी छ । ग्लोबल आइएमई क्यापिटलमा ग्लोबल आइएमइ बैंकको ८१.५० प्रतिशत स्वामित्व रहेको छ ।
१० वर्षपछि परिपक्क हुने योजना १ अर्ब २० करोडको हुनेछ । अधिक आवेदन आएमा यो आकार २५ प्रतिशतसम्मले बढ्नेछ ।
यो बन्दमुखी योजना हो । ग्लोबल आइएमई म्युचुअल फन्ड अन्तरगतको ग्लोबल आइएमई समुन्नत योजना २ हो । यो योजनाले १२ करोड इकाइ सर्वसाधारणमा बिक्री गर्नेछ । प्रति इकाइ १० रुपैयाँका दरले अधिकतम एक सय इकाइका लागि आवेदन दिन सकिन्छ ।
योजनाले इक्विटी र इक्विटी सम्बन्धी साधनमा ७० देखि ९० प्रतिशतसम्म लगानी गर्नेछ । अरु ऋणपत्र तथा मुद्दती निक्षेपमा लगानी गर्नेछ ।
ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत हाल २ योजना सञ्चालनमा छन् ।
प्रतिक्रिया 4