+
+
Shares

प्रकाश स्नेहीको गुनासो: नेताहरूले आफ्नै क्षेत्रको सदस्यता नवीकरणको अवस्था हेर्नुभएन

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २२ गते १२:२१

२२ असार, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले नेताहरुले आफ्नो क्षेत्रको क्रियाशील सदस्यता नवीकरण गराउन सक्रियता नदेखाएको बताएका छन् ।

कांग्रेसको सदस्यता व्यवस्थापन समितिको सदस्य समेत रहेका स्नेहीले केन्द्रीय समितिको बैठकमा नेताहरुसँग गुनासो गरेका हुन् । उनले भने, ‘तपाईंहरूको जिल्लामा क्रियाशीलको पोजिसन अहिले के भा’छ ? हो । पहिला आफ्नो वडामा, आफ्नो निर्वाचन क्षेत्रमा, आफ्नो जिल्लामा क्रियाशीलको के छ पोजिसन ? त्यो बोलेर भन्नुस् कि । मैले अहिले संख्यात्मक प्रतिशत म नेताहरूको भन्न चाहन्न । आफैँले गएर हेर्न सकिन्छ ।’

आफ्नो जिल्ला, वडा, निर्वाचन क्षेत्रमा क्रियाशीलको नवीकरणका लागि सदस्यले कति पैसा तिरे त्यसको सोधखोज गर्न नेताहरुलाई अनुरोध गरे । ‘सभापति र महामन्त्रीले महाधिवेशन गर्न चाहेन के आधारमा भन्नुहुन्छ ?’ स्नेहीले १५ औं महाधिवेशन पार्टीभित्रको क्रान्ति हुने दाबी गरे । ‘क्रान्ति नगरी हुँदैन । एउटा पुस्ताका मान्छे, पार्टीभित्र कस्तो दुर्दशा छ के,’ स्नेहीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?