
News Summary
Generated by OK AI. Editorially reviewed.- विकास हाइड्रोपावरको आईपीओमा ८.७ गुणा बढी आवेदन परेको छ।
- आवेदनकर्ताले २ करोड ५६ लाख २७ हजार ११० कित्ता माग गरेका छन्।
- आईपीओ बाँडफाँटमा २ लाख ९४ हजार २७६ जनाले १० कित्ताका दरले पाउनेछन्।
२२ असार, काठमाडौं । विकास हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ)मा ८.७ गुणा बढी आवेदन परेको छ ।
सीडीएस एण्ड क्लियरिङका अनुसार आज अन्तिम दिनसम्म आउँदा कम्पनीको आईपीओमा २१ लाख २० हजार ८५७ जनाले आवेदन दिएका छन् । ती आवेदकले कुल २ करोड ५६ लाख २७ हजार ११० कित्ता माग गर्दै आवेदन दिएका हुन् ।
जम्मा २९ लाख ४२ हजार ७६० कित्ताका लागि आवेदन खुलेको थियो । अब यस कम्पनीको आईपीओ बाँडफाँट गर्दा जम्मा २ लाख ९४ हजार २७६ जनाले १० कित्ताका दरले पाउने छन् । बाँकी सबैको हात रित्तो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4