
२२ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १५ औं महाधिवशेनको प्रक्रिया सुरु गर्नुपर्ने बताएका छन् ।
कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा आइतबार धारणा राख्दै चार वर्षे कार्यकाल सकिन लागेको हुँदा महाधिवेशनको प्रक्रियामा जानुपर्ने बताए ।
‘पार्टीको संगठन राम्रो बनाउनेमा लाग्नुपर्छ । कांग्रेस वेल मेनेज भयो भने प्राप्त उपलब्धीहरू, अधिकारहरू बिस्तारै संस्थागत हुन्छन् ।’ पार्टीभित्र एकले अर्कोको दोष देख्ने प्रवृत्तिले संगठन बलियो नहुने सिंहले बताए ।
सरकारमा उपप्रधान एवं शहरी विकास मन्त्री समेत रहेका सिंहले आफूले सम्हालेको मन्त्रालयबाट भएका नीतिगत र विकासका काम बारे जानकारी गराएका थिए । ‘जनताको चाहना पूरा गर्न राजनीति स्थिरता जरूरी छ ।
राजनीतिक स्थिरताविना आर्थिक समृद्धि र विकासको जनचाहना पूरा हुन सम्भव छैन, सिंहले भने,‘राजनीतिक स्थिरताका लागि ७ बुँदे सहमति गरेर जुन गठबन्धन बनेको छ । त्यसलाई नै अगाडि बढाउनुपर्छ ।’
प्रतिक्रिया 4