+
+
Shares

भगवान शिव चाम्लिङ हुन सक्छन् : प्रधानमन्त्री ओली

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २३ गते १६:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान शिव चाम्लिङ हुनसक्ने अनुमान गरेका छन् ।
  • उनले हलेसी र चाम्लिङको स्थानको सम्बन्धबारे चर्चा गर्दै यस्तो बताएका हुन् ।
  • उनले वेदव्यास, कपिलमुनि र गौतम बुद्ध नेपालमै जन्मिएको पनि बताए ।

२३ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान शिव चाम्लिङ हुनसक्ने बताएका छन् ।

सोमबार काठमाडौंमा नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

शिवजीले खेलेका ओडारहरूलाई अहिले हलेसी भन्ने गरिएको बताउँदै उनले हलेसी भएको क्षेत्र चाम्लिङको थलो भएको र भगवान शिव पनि चाम्लिङ हुनसक्ने अनुमान गरे ।

तर, उक्त विषय आफूले दाबी भने नगरेको ओलीको भनाइ थियो ।

‘शिवजीले खेलेका ओडारहरू जसलाई हलेसी भन्छौं हामी । शिवजी चाम्लिङ थिए कि क्या हो जस्तो लाग्छ कहिलेकाहीं । त्यो चाम्लिङको थलो हो । हलेसी भनेको चाम्लिङको थलो हो’ प्रधानमन्त्री ओलीले भने, ‘शिवजी चाम्लिङ पनि हुनसक्छन् । म दाबी गर्दिनँ त्यसमा, मेरो कुनै दाबी होइन । तर अनुमान हो । अथवा अरु पनि हुनसक्छ । पछि माइग्रेट अरु चिजले मिक्सअप भएको पनि हुनसक्छ । तर भेग त्यही हो ।’

प्रधानमन्त्री ओलीले वेदव्यास, कपिलमुनि, गौतम बुद्ध नेपालमै जन्मिएको पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?