+
+
Shares

आफू निकटका नेताहरु कारबाहीमा परेपछि शेखर कोइराला आन्तरिक छलफल

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २६ गते १०:१९

२६ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहका नेताहरुको बैठक बसिरहेको छ । पार्टीको अनुशासन आयोगले आफू निकटका नेताहरुलाई कारबाही गरेपछि कोइरालाले बैठक बोलाएका हुन् ।

काठमाडौंको विशालनगरस्थित सम्पर्क कार्यालयमा जारी बैठकमा अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको एक नेताले बताए ।

नेपाली कांग्रेसले अन्तरघात गरेको प्रदेशका पूर्वमन्त्री, प्रदेश महामन्त्री, जिल्लाका वर्तमान र पूर्व सभापति, महासमिति सदस्य लगायत १८ जनालाई कारबाही गरेको छ ।

गण्डकीका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनीका महामन्त्री विक्रम खनाल र खोटाङ जिल्ला सभापति विष्णुकुमार राईलाई एक वर्षका लागि निष्कासन गरिएको छ । यसैगरी कास्कीका पूर्वसभापति कृष्ण केसीलाई तीन महिनाका लागि निष्कासन गरिएको छ ।

कांग्रेसले एक वर्ष, छ महिना र तीन महिनाको समय अवधि छुट्याएर नेता–कार्यकर्ताहरुलाई कारबाही गरेको छ ।

गत निर्वाचनमा कांग्रेस र आफ्नो दलले समर्थन गरेका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै परेको उजुरी उपर स्पष्टीकरण सोधिएको र चित्तबुझ्दो जवाफ प्राप्त नभएको कारण देखाउँदै पार्टीबाट निष्कासन गरिएको नेपाली कांग्रेसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?