+
+
Shares

एक सातादेखि निर्धारण भएन सुनचाँदी भाउ, कारोबार ठप्प

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २६ गते १२:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले १९ असारदेखि सुनको मूल्य निर्धारण गर्न छाडेको छ।
  • महासंघका वरिष्ठ उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले व्यवसायी विरोधमा उत्रिएर कारोबार ठप्प भएकाले मूल्य सार्वजनिक नगरिएको बताए।
  • सरकारले सुनका गरगहना खरिदमा २ प्रतिशत बिलासी शुल्क र बहुमूल्य हिरा तथा पत्थरमा १३ प्रतिशत भ्याट लगाएको छ।

२६ असार, काठमाडौं । व्यवसायी विरोधमा उत्रिएसँगै एक सातादेखि सुनको मूल्य निर्धारण हुन छाडेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले हरेक दिन सुनको भाउ निर्धारण गर्दै आएकोमा १९ असारयता निर्धारण गर्न छाडेको हो ।

महासंघका वरिष्ठ उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले व्यवसायी विरोधमा उत्रिएर कारोबार ठप्प रहेकाले मूल्य सार्वजनिक नगरिएको बताए । ‘देशभरका सुनचाँदी पसल बन्द छन्, हामी आन्दोलनमा छौं, कारोबार नै नहुने भएपछि मूल्य सार्वजनिक गर्नुको अर्थ रहँदैन ।’ असार १९ गते प्रतितोला १ लाख ९२ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यसयता अन्तर्राष्ट्रिय बजारमा मूल्य केही घटेको छ ।

सरकारले आर्थिक विधेयकमार्फत सुनका गरगहना खरिदमा २ प्रतिशत बिलासी शुल्क लगाएको छ भने बहुमूल्य हिरा तथा पत्थरमा १३ प्रतिशत भ्याट लगाएको छ ।

यसकै विरोधमा व्यवसायी आन्दोलनमा उत्रिएका छन् । सुनका गरगहना खरिदमा लगाइएको २ प्रतिशत करले मूल्य ६ प्रतिशत बढ्न जाने र यसले अवैध कारोबार मौलाउने व्यवसायीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?