+

फिफा वरियतामा नेपाल एक स्थान खस्कियो

२०८२ असार  २६ गते १५:०६ २०८२ असार २६ गते १५:०६
फिफा वरियतामा नेपाल एक स्थान खस्कियो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफाले सार्वजनिक गरेको नयाँ वरियता अनुसार नेपाल पुरुष फुटबल टिम एक स्थान तल झरेर १७६औं स्थानमा पुगेको छ।
  • दक्षिण एसियामा भारत ६ स्थान तल झर्दै १३३औं स्थानमा पुगेको छ भने माल्दिभ्स ७ स्थान तल झरेर १७१औं स्थानमा पुगेको छ।
  • विश्व च्याम्पियन अर्जेन्टिना फिफा वरियताको शीर्ष स्थानमै यथावत छ र जापान २ स्थान खस्किएर १७औं स्थानमा छ।

२६ असार, काठमाडौं । फिफा वरियतामा नेपाल पुरुष फुटबल टिम एक स्थान खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियता अनुसार नेपाल एक स्थान तल झरेर १७६औं स्थानमा पुगेको हो ।

नेपालले गत जुनमा हङकङसँगको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेको थियो । त्यस्तै जुनमै एएफसी एसियन कप छनोटअन्तर्गत लाओससँगको खेलमा २-१ ले पराजित भएको थियो ।

दक्षिण एसियामा भारतको वरियता पनि खस्किएको छ । भारत ६ स्थान तल झर्दै १३३औं स्थानमा पुगेको छ भने माल्दिभ्स ७ स्थान तल झरेर १७१औं स्थानमा पुगेको छ ।

नेपालभन्दा पछि रहेको बंगलादेश १ स्थान तल झर्दै १८४औं स्थानमा पुगेको छ भने भुटान ४ स्थान तल झरेर १८६औं स्थानमा पुगेको छ ।

श्रीलंका ४ स्थान सुधार गरेर १९६औं स्थानमा पुगेको छ भने पाकिस्तान ३ स्थान खस्किएर २०१औं स्थानमा पुगेको छ ।

विश्व च्याम्पियन अर्जेन्टिना फिफा वरियताको शीर्ष स्थानमै यथावत छ । यस्तै स्पेन दोस्रोमा, फ्रान्स तेस्रोमा, इंग्ल्याण्ड चौथो र ब्राजिल पाँचौ स्थानमा यथावत छन् ।

पोर्चुगल एक स्थान सुधार गर्दै छैटौं स्थानमा उक्लँदा नेदरल्याण्ड्स सातौं स्थानमा झरेको छ । बेल्जियम आठौं, जर्मनी नवौं र क्रोएसिया १०औं स्थानमा छ ।

एसियाली राष्ट्रहरूमध्ये सबैभन्दा अघि रहेको जापान २ स्थान खस्किएर १७औं स्थानमा छ । इरान पनि २ स्थान खस्किएर २०औं स्थानमा छ ।

नेपाली फुटबल टोली फिफा वरियता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय