+
+
Shares

चन्द्रागिरिमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, २ जना घाइते

शुक्रबार बा८५प ४८२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बाप्र०२-०४२ प ९८२२ नम्बरको स्कुटरमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २७ गते १३:३१

२७ असार, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका-१५ तीनथानास्थित सडकमा मोटरसाइकलले स्कुटरलाई  ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

शुक्रबार बा८५प ४८२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बाप्र०२-०४२ प ९८२२ नम्बरको स्कुटरमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

प्रहरीका अनसार दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक चन्द्रागिरी नगरपालिका-४ थानकोट घर भएका ३४ वर्षीय रोशन ढकालको उपचारको क्रममा शहीद मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते भएका स्कुटरमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?