
News Summary
Generated by OK AI. Editorially reviewed.- सिद्धार्थ बैंकले 'एसबीएल डिबेन्चर २०९१' नामक १० वर्षे अवधिको २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र आइतबारदेखि निष्कासन गरेको छ।
- ऋणपत्रमा वार्षिक ७.२५ प्रतिशत ब्याज दिइनेछ र न्यूनतम २५ कित्ताका लागि आवेदन दिन सकिनेछ।
- ऋणपत्रको आवेदन असार ३२ गतेसम्म र बिक्री नभए साउन ११ गतेसम्म लिन सकिने तथा इक्रा नेपालले यसलाई बीबीबी प्लस रेटिङ प्रदान गरेको छ।
२९ असार, काठमाडौं । सिद्धार्थ बैंकले आज आइतबारदेखि ‘एसबीएल डिबेन्चर २०९१’ नामक ऋणपत्र निष्कासन गरेको छ । ऋणपत्रमा लगानी गर्न चाहनेले आवेदन दिन सक्नेछन् ।
१० वर्षे अवधिको यस ऋणपत्र २ अर्ब ५० करोड रुपैयाँ बराबरको छ । जसमा १ अर्ब रुपैयाँको ऋणपत्र सामूहिक लगानी कोष र सर्वसाधारणका लागि छुट्याएको छ । न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ ।
यो ऋणपत्रमा लगानी गर्नेले वार्षिक ७.२५ प्रतिशत ब्याज पाउने छन् । यो ब्याज हाल बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा दिएकोभन्दा बढी हो । हाल वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा ६ प्रतिशतसम्मको ब्याज दिँदै आएका छन् ।
ऋणपत्रमा छिटोमा असा ३२ गतेसम्म र सो अवधिसम्म सम्पूर्ण रुपमा बिक्री नभएमा साउन ११ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ ।
यस्तो ऋणपत्रलाई इक्रा नेपालले बीबीबी प्लस रेटिङ प्रदान गरेको छ । यस्तो ऋणपत्र दोस्रो बजारमा पनि कारोबारमा आउने छ । साथै अन्य बैंकमा धितो राखेर ऋण सुविधा पनि पाइनेछ ।
प्रतिक्रिया 4