
News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री वर्षा सिवाकोटीले कृषा चौलागाईंको निर्देशकीय फिल्म 'जहाजैमा'को शीर्षभूमिकामा अनुबन्धित भएकी छन्।
- फिल्ममा केदार घिमिरे, सौगात मल्ल, कार्म र फिलिपिनो अभिनेत्री रुजेल इचिमिया पनि अनुबन्धित छन्।
- फिल्मको छायांकन भदौ महिनादेखि जापानमा सुरु हुनेछ र फागुन १ गतेदेखि प्रदर्शन हुने जनाइएको छ।
काठमाडौं । कृषा चौलागाईंको आगामी निर्देशकीय फिल्म ‘जहाजैमा’को शीर्षमध्येको भूमिकामा अभिनेत्री वर्षा सिवाकोटी अनुबन्धित भएकी छन् ।
शनिबार निर्माता र सिवाकोटीबीच लिखित सम्झौता भएको प्रेषित विवरणमा जनाइएको छ । कथा र समूह मन परेकाले काम गर्न सहमति जनाएको उनले बताएकी छन् ।
यसअघि यो फिल्ममा केदार घिमिरे ‘माग्ने बुढा’, सौगात मल्ल, कार्म, केही जापानी फिल्ममा अभिनय गरेकी फिलिपिनो अभिनेत्री रुजेल इचिमिया अनुबन्धित भइसकेका छन् ।
पटकथा अभिमन्यु निरवीले लेखेका छन् । छायांकारमा पुरुषोत्तम प्रधान छन् । उज्ज्वल गुरागाईंको निर्माण रहने यो फिल्म यूएनए प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको हो ।
केपी फिल्म्सको सहकार्यमा बन्ने फिल्मको छायांकन आउँदो भदौ महिनाबाट जापानमा सुरु हुनेछ । नेपाल, जापान र फिलिपिन्समा छायांकन हुने फिल्मको प्रि-प्रोडक्सन तीव्र गतिमा भइरहेको छ ।
प्रदर्शन फागुन १ गतेदेखि हुने जनाइएको छ ।
प्रतिक्रिया 4