+
+
Shares

नाटक खेल्न नेपाल आइपुगे जीवन लुइँटेल

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २९ गते १३:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकामा बस्दै आएका अभिनेता जीवन लुइँटेल सात वर्षपछि नाटक 'शिरिषको फूल'मा सुयोगवीरको भूमिका गर्दै नेपाल फर्किएका छन्।
  • कान्तिपुर थिएटरले जीवन र सनिशा भट्टराईको अभिनयमा नाटकको कार्यशाला सुरु गरेको छ र पहिलो भेटको भिडियो सार्वजनिक गरेको छ।
  • कान्तिपुर थिएटरका कलेज प्रमुख प्रकाश पुरीले साउन पहिलो सातादेखि नाटक मंचनको तयारी सुरु भएको बताए।

काठमाडौं । लामो समयदेखि अमेरिकामा बस्दै आएका कुनै समयका चर्चित अभिनेता जीवन लुइँटेल नेपाल आइपुगेका छन् ।

कान्तिपुर थिएटरले मंचन गर्न लागेको नाटक ‘शिरिषको फूल’को शीर्ष भूमिकामा उनले अभिनय गर्नेछन् । पारिजातको चर्चित उपन्यासको मुख्य पात्र सुयोगवीरको चरित्रमा उनी देखिनेछन् ।

बीचमा अन्य कारणले नेपाल आइरहेपनि अभिनयमा पुनरागमनको लागि भनेरै आएको यो पहिलोपटक हो । ७ वर्षपछि उनी अभिनयमा फर्किन लागेका हुन् । उनको पछिल्लो फिल्म ‘सुकुलगुण्डा’ सन् २०१८ मा रिलिज भएको थियो ।

अहिले यो नाटकको कार्यशाला कान्तिपुर थिएटरमा चलिरहेको छ जहाँ जीवनसहित अभिनेत्री सनिशा भट्टराई पनि सहभागी छिन् । सनिशाले सकम्बरीको भूमिकामा अभिनय गर्दैछिन् ।

कान्तिपुर थिएटरले जीवन र सनिशाको पहिलो भेटको भिडियो सार्वजनिक गरेको छ । जहाँ, सनिशाले जीवनलाई स्वागत गरेको देखिन्छ । नाटकमा सनिशाले अभिनय गर्ने भन्ने सुनेपछि आफूले सनिशाको पछिल्लो फिल्म ‘नरसिंहा अवतार’को गीत ‘अच्छा लिकिन लण्डनको चिसोले समाउला’लाई दुईतीनपटक दोहोर्‍याएर सुनेको जीवनले बताए ।

कान्तिपुर थिएटरले साउन पहिलो सातादेखि यो नाटक मंचनको तयारी थालेको कलेज प्रमुख प्रकाश पुरीले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?