News Summary
Generated by OK AI. Editorially reviewed.- मनमैजुस्थित एन्जल्स हार्ट नेसनल स्कुलले एसीसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि विजेता नेपाली टोलीका सदस्य जोय थापालाई नगदसहित सम्मान गरेको छ।
- जोयले मलेसियामा भएको प्रतियोगितामा इन्डोनेसिया विरुद्ध ५७ रन, भुटानविरुद्ध ६१ रन र सिंगापुर विरुद्ध २४ रन बनाएका थिए।
- एन्जल्स हार्टका अध्यक्ष लिलबहादुर पुन, प्रिन्सिपल टकबहादुर थापा र खेलकुद संयोजक सुमन तिमल्सिनाले जोयलाई सम्मान गरेका छन्।
२९ असार, काठमाडौं । मनमैजुस्थित एन्जल्स हार्ट नेसनल स्कुलले एसीसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि विजेता नेपाली टोलीका सदस्य जोय थापालाई नगदसहित सम्मान गरेको छ ।
एन्जल्स हार्टबाट एसइइ उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्न आयोजित कार्यक्रममा जोय सम्मानित भएका हुन् । जोय पनि एसइइ उत्तीर्ण भएका छन् ।
मलेसियामा भएको प्रतियोगितामा जोयले इन्डोनेसिया विरुद्ध ५७ रन, भुटानविरुद्ध ६१ रन र सिंगापुर विरुद्ध २४ रन बनाएका थिए ।
जोयलाई एन्जल्स हार्टका अध्यक्ष लिलबहादुर पुन, प्रिन्सिपल टकबहादुर थापा र खेलकुद संयोजक सुमन तिमल्सिनाले ए कार्यक्रमबीचसम्मान गरे ।
प्रतिक्रिया 4