+

क्रिकेटर जोय थापा नगदसहित सम्मानित

२०८२ असार  २९ गते १६:०० २०८२ असार २९ गते १६:००
क्रिकेटर जोय थापा नगदसहित सम्मानित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मनमैजुस्थित एन्जल्स हार्ट नेसनल स्कुलले एसीसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि विजेता नेपाली टोलीका सदस्य जोय थापालाई नगदसहित सम्मान गरेको छ।
  • जोयले मलेसियामा भएको प्रतियोगितामा इन्डोनेसिया विरुद्ध ५७ रन, भुटानविरुद्ध ६१ रन र सिंगापुर विरुद्ध २४ रन बनाएका थिए।
  • एन्जल्स हार्टका अध्यक्ष लिलबहादुर पुन, प्रिन्सिपल टकबहादुर थापा र खेलकुद संयोजक सुमन तिमल्सिनाले जोयलाई सम्मान गरेका छन्।

२९ असार, काठमाडौं । मनमैजुस्थित एन्जल्स हार्ट नेसनल स्कुलले एसीसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि विजेता नेपाली टोलीका सदस्य जोय थापालाई नगदसहित सम्मान गरेको छ ।

एन्जल्स हार्टबाट एसइइ उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्न आयोजित कार्यक्रममा जोय सम्मानित भएका हुन् । जोय पनि एसइइ उत्तीर्ण भएका छन् ।

मलेसियामा भएको प्रतियोगितामा जोयले इन्डोनेसिया विरुद्ध ५७ रन, भुटानविरुद्ध ६१ रन र सिंगापुर विरुद्ध २४ रन बनाएका थिए ।

जोयलाई एन्जल्स हार्टका अध्यक्ष लिलबहादुर पुन, प्रिन्सिपल टकबहादुर थापा र खेलकुद संयोजक सुमन तिमल्सिनाले ए कार्यक्रमबीचसम्मान गरे ।

जोय थापा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय