+

मेसीको कीर्तिमानी २ गोलमा एमएलएमा मियामीले एससीलाई हरायो

२०८२ असार  २९ गते १०:०२ २०८२ असार २९ गते १०:०२
मेसीको कीर्तिमानी २ गोलमा एमएलएमा मियामीले एससीलाई हरायो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लियोनल मेसीले लगातार पाँचौं खेलमा दुई गोल गर्दै इन्टर मियामीलाई नशभिल एससीविरुद्ध २–१ को जित दिलाए।
  • मियामीले घरेलु मैदानमा १९ खेलबाट ३८ अंकसहित आठौं स्थानमा रहेको छ भने एससी २२ खेलबाट ४१ अंकसहित तेस्रो स्थानमा छ।
  • मेसी एमएलएस इतिहासमा लगातार पाँच खेलमा एकभन्दा बढी गोल गर्ने पहिलो खेलाडी बनेका छन्।

२९ असार, काठमाडौं । लियोनल मेसीले लगातार पाँचौं खेलमा दुई गोल गरेपछि अमेरिकी मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले ११औं जित निकालेको छ।

घरेलु मैदानमा मियामीले नशभिल एससीलाई २–१ ले हरायो। यो जितसँगै १९ खेलबाट मियामीको ३८ अंक भएको छ र ऊ आठौं स्थानमा छ। तालिकाको तेस्रो स्थानमा रहेको एससीको भने २२ खेलबाट ४१ अंक ५। पछिल्लो १५ खेलमा अपराजित रहँदै आएको एससीलाई मेसीले ब्रेक लगाएका छन्।

मेसीले १७औं मिनेटमा सुन्दर फ्रि किकमार्फत गोल गर्दै मियामीलाई अग्रता दिलाएका थिए। तर ४९औं मिनेटमा एससीले उत्कृष्ट पुनरामगन गर्‍यो। ७२औं मिनेटमा कीर्तिमानी गोल गर्दै मेसीले जित सुनिश्चित गरे। यसपटक एससीका गोलकिपरको गलत निर्णयको फाइदा लिँदै मेसीले बललाई जाली चुमाए।

मेसी एमएलएस इतिहासमै लगातार पाँच खेलमा एकभन्दा बढी गोल गर्ने पहिलो खेलाडी हुन्। यसअघि बुधबार न्यु इङ्ल्यान्ड रिभोल्युसनविरुद्ध दुई गोल गरेपछि यस्तो रेकर्ड मेसीले नै राखेका थिए ।

एमएलएस मेजर लिग सकर लियोनल मेसी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय