+
+
Shares

निर्माण सुरु भएको १७ वर्षपछि रतुवा खोलाको पुल उद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २९ गते १६:५५

२९ असार,विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले हुलाकी राजमार्ग अन्तर्गत रतुवा खोलामा निर्माण भएको पुल उद्घाटन गरेका छन् । शनिबारदेखि गृह जिल्ला झापामा रहेका ओलीले आइतबार दिउँसो पुलको उद्घाटन गरेका हुन् ।

झापा र मोरङको दक्षिणी क्षेत्रलाई जोड्ने यो पुल निर्माण सम्पन्न  हुन १७ वर्ष लाग्यो । दुई वटा ठेकेदार पनि फेरिए । पुलले छुने झापाको गौरीगञ्ज प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र नम्बर ५ मा पर्छ ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीमार्फत यो पुल निर्माण भएको हो । वि.स.२०६४–६५ मा निर्माण सुरु भएको सो पुल अधुरै थियो । दोस्रो पटक निर्माणका लागि २०७९ सालमा ठेक्का लागेको थियो ।

पुल नहुँदा स्थानीयबासी बर्खामा डुङ्गा र हिउँदमा बासको पुलबाट यात्रा गर्न बाध्य थिए । यात्रुले साइकलमा बासको पुलबाट खोला वारपार गर्दा १० रुपैयाँ र मोटरसाइकलको २० रुपैयाँ तिर्नपर्थ्याे । पुल निर्माण भएपछि आवतजावत सहज भएको छ ।

मोरङ–सुनसरी पुल आयोजनाले आर्थिक वर्ष २०६४–६५ मा कालिका–ओसिए जेभीले १० करोड ३२ लाख ठेक्का पाएको थियो । त्यसबेला २०४.८ मिटर मात्रै पुल निर्माण भयो । बाँकी क्षेत्रमा निर्माण भएन । जसका कारण पुल अधुरै थियो ।

हुलाकी राजमार्ग कार्यालयले ७७.७ मिटर थप पुलको संरचना निर्माणाका लागि देव एन्ड सायर/समता/आशिषदीप जेभीसँग २०७९ साल पुस १७ गते २२ करोड १२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

निर्माण सम्पन्न भएपछि पुलको लम्बाई २८२. ५ मिटर भएको छ । पुलको सुरक्षाका लागि झापा र मोरङतर्फ तटबन्ध पनि निर्माण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?