
News Summary
Generated by OK AI. Editorially reviewed.- बेनिशा हमाल साउन २३ मा प्रदर्शन हुने दुई फिल्म 'सिटामोल' र 'मोहर' मा अभिनय गर्दैछिन्।
- उनले निर्माण गरेको पहिलो फिल्म 'द ब्लु लाइट' निर्माण सम्पन्न भइसकेको छ र फेस्टिभलमा लैजाने तयारीमा छ।
- बेनिशाले 'दुर्गम' नामक भारतीय फिल्ममा पनि अभिनय गरिरहेकी छन् र फेसनमा रुचि राख्छिन्।
काठमाडौं । बेनिशा हमाल अहिलेकी ब्यस्त अभिनेत्री । ‘छक्कापञ्जा ४’ सुपरहिट भएयता उनको अभिनय करिअर उडानमा छ । एकपछि अर्को गरि उनी अभिनित फिल्म प्रदर्शन तयारीमा छन् ।
बेनिशा यतिबेला साउन २३ मा प्रदर्शन तयारीमा रहेको ‘सिटामोल’को दौडधुपमा ब्यस्त छिन् । सोही मितिमा उनको अर्को फिल्म ‘मोहर’ पनि आउँदैछ । एउटै मितिमा दुई फिल्म जुध्ने भएपछि चटारो कति हुन्छ, कलाकारबाहेक अरुलाई थाहा हुँदैन ।
यसै सप्ताहन्त बेनिशा अनलाइनखबरको स्टुडियोमा फिल्म ‘सिटामोल’को गफगाफका लागि उपस्थित थिइन् । यो फिल्ममा उनी सौगात मल्लको अपोजिटमा छिन् । पश्चिम नेपालको ग्रामीण र यथार्थपरक कथावस्तुमा बनेको फिल्ममा बेनिशाको शीर्ष भूमिका छ ।
खैरो टपमा आकर्षक देखिएकी बेनिशाले अनलाइनखबर स्टुडियोमा फोटोसुट पनि गराइन् । गुलाबी पृष्ठभूमिको फोटोमा उनको सौन्दर्य खुलेको छ । मिजासिलो र दयालु स्वभावकी बेनिशाले पछिल्लो समय यथार्थपरक र चरित्रप्रधान फिल्महरूमा अभिनय गरेकी छन् ।
उनले निर्माण गर्न लागेको पहिलो फिल्म ‘द ब्लु लाइट’ निर्माण सम्पन्न भैसकेको छ । यो फिल्मलाई फेस्टिभलमा लैजाने जनाइएको छ । यो फिल्ममा उनी कार्यकारी निर्मात्रीको रुपमा जोडिएकी छन् ।
यसबाहेक उनले ‘दुर्गम’ नामक एक भारतीय फिल्ममा पनि अभिनय गरेकी छन् । यो फिल्म अहिले निर्माणाधिन चरणमा छ । फिल्मबाहेक फेसनमा समेत रुचि राख्ने बेनिशालाई पछ्याउने प्रशंसकको संख्या उच्च छ ।
तस्वीर : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4