+
+
Shares

‘सेतो धरती’ बाट नाटकमा डेब्यू गर्दै बेनिशा हमाल

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ८ गते १५:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री बेनिशा हमालले नाटक ‘सेतो धरती’ बाट रंगमञ्चमा डेब्यू गर्ने भएकी छन्।
  • कान्तिपुर फिल्म एकेडेमीले मदन पुरस्कार विजेता उपन्यास ‘सेतो धरती’ लाई नाटकको रुपमा मञ्चन गर्न लागेको छ।
  • नाटक ‘सेतो धरती’ को मञ्चन मिति, निर्देशक र कलाकारबारे जानकारी १३ चैतमा सार्वजनिक गरिनेछ।

काठमाडौं । अभिनेत्री बेनिशा हमालले नाटक ‘सेतो धरती’ बाट रंगमञ्चमा डेब्यू गर्ने भएकी छन् । कान्तिपुर फिल्म एकेडेमीले मञ्चन गर्न लागेको नाटकमा उनी शीर्ष पात्र ताराको रोलमा देखिने भएकी हुन् ।

अमर न्यौपानेद्वारा लिखित मदन पुरस्कार विजेता उपन्यास ‘सेतो धरती’ लाई एकेडेमीले नाटकको रुपमा मञ्चन गर्न लागेको हो ।

पछिल्लो समय फिल्ममा भिन्न-भिन्न चरित्रमार्फत दर्शकको मन जितेकी बेनिशाको यो थिएटर डेब्यू हो । केही समय अष्ट्रेलियाको बसाइपछि नेपाल आएर उनी थिएटरमा जोडिएकी हुन् ।

नाटक गर्नकै लागि उनले अबको २ महिना कुनै पनि फिल्मलाई समय नदिएको बुझिएको छ ।

कान्तिपुर थिएटरले यसअघि रेखा थापा, विशाल पहारी लगायतलाई लिएर नाटक ‘मीरा’ को मञ्चन गरेको थियो । जीवन लुइँटेल, सनिशा भट्टराई लगायतलाई लिएर ‘शिरीषको फूल’ र उषा रजक, राज न्यौपाने लगायतलाई लिएर नाटक ‘महारानीको जात्रा’ को मञ्चन गरेको थियो ।

कान्तिपुर थिएटरको यो चौथो नाटक हो । अहिले कार्यशाला भैरहेको ‘सेतो धरती’ को मञ्चन मिति, निर्देशक तथा अन्य कलाकारबारेको जानकारी १३ चैतमा अन्तर्राष्ट्रिय रंगमञ्च दिवसको अवसरमा सार्वजनिक गरिने कान्तिपुर फिल्म एकेडेमी तथा थिएटरका सीइओ प्रकाश पुरीले जानकारी दिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?