+
+
Shares

बेनिशा हमाल स्टारर ‘बिगुल’ को ट्रेलर : राजनीतिक खेलवाडको कथा

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २० गते २१:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली समाजको यथार्थ र राजनीतिक विकृतिविरुद्ध फिल्म ‘बिगुल’ को ट्रेलर ९ माघ प्रदर्शनअघि सार्वजनिक गरिएको छ।
  • रमेश कोइराला निर्देशित फिल्ममा राजनीतिक खिचातानी, सामाजिक न्याय र पारिवारिक उल्झन देखाइएको छ।
  • फिल्ममा बेनिशा हमाल, नरेन खड्का, विनोद न्यौपाने लगायत कलाकारको अभिनय छ र मीरा पण्डितले नवनायिकाका रुपमा डेब्यू गरेकी छिन्।

काठमाडौं । नेपाली समाजको यथार्थ, राजनीतिक विकृति र अन्यायविरुद्ध उठ्ने गरेको जनआवाजलाई केन्द्रमा राखी निर्माण गरिएको फिल्म ‘बिगुल’ को ट्रेलर आइतबार सार्वजनिक गरिएको छ ।

रमेश कोइराला निर्देशित फिल्मको ३ मिनेट लामो ट्रेलरमा राजनीतिक खिचातानी, सामाजिक न्याय, पारिवारिक उल्झन, पुस्ताबीच विचारको मतभेद, जिम्मेवारी तथा निमुखा जनतामाथि राजनीतिक नेतृत्वले गर्दै आएको खेलवाडको विषय प्रस्तुत गरिएको छ ।

ट्रेलरमा कलाकार बेनिशा हमाल, नरेन खड्का, विनोद न्यौपानेले युवा पुस्ताको भावना सम्प्रेषित गरेको देखिन्छ । फिल्ममा दिनेश कोइरालाको कथा र निर्माण छ ।

फिल्ममा सरोज खनाल, रमेश बुढाथोकी, नीर शाह, हेमन्त बुढाथोकी, शिशिर वाङ्देलको अभिनय छ । ‘बिगुल’ ९ माघदेखि प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?