+
+
Shares

राष्ट्रिय परिचयपत्रको सर्भर डाउन, नारायणहिटीमा सयौं सेवाग्राही अलपत्र

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३० गते १३:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय परिचय पत्रको सर्भर डाउन हुँदा नारायणहिटी पुगेका सयौं सेवाग्राही अलपत्र परेका छन्।
  • प्रहरीले नारायणहिटी परिसरमा नयाँ परिचय पत्र बनाउन जाने सेवाग्राहीलाई गेटमै रोकेको छ।
  • एक कर्मचारीले सर्भर डाउन भएको जानकारी गराउँदै समस्या समाधान कहिले हुन्छ थाहा नहुने बताए।

३० असार, काठमाडौं । राष्ट्रिय परिचयपत्रको सर्भर डाउन हुँदा यतिबेला नारायणहिटी पुगेका सयौं सेवाग्राही अलपत्र परेका छन् ।

प्रहरीले नारायणहिटी परिसरमा रहेको गेटमै नयाँ परिचयपत्र बनाउन जाने सेवाग्राहीलाई रोकेको छ ।

परिचयपत्र लिन लामो समयदेखि लाइनमा बसिपछि मात्रै आफूहरूले सर्भर नचलेको भन्ने जानकारी पाएको सेवाग्राहीहरूले गुनासो गरेका छन् ।

सर्भर डाउन समस्या समाधान कतिबेला हुन्छ भन्नेबारे यकिनका साथ भन्न नसकिने एक कर्मचारीले बताउँछन् ।

गएरातिदेखि त्रिभुवन विश्वविद्यालय (त्रिवि)को पनि सर्भर डाउन भएको छ । त्रिवि, त्रिवि सेवा आयोग, परीक्षा नियन्त्रण कार्यालय लगायतका वेबसाइट खुलेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?