+
+
Shares
राष्ट्रिय चलचित्र पुरस्कार २०८२’ :

‘शाम्बाला’ फिल्म र निर्देशन विधामा सर्वोत्कृष्ट

‘राष्ट्रिय चलचित्र पुरस्कार २०८२’ मा बर्लिन फिल्म फेस्टिभलमा कीर्तिमान रचेको फिल्म ‘शाम्बाला’ले उत्कृष्ट फिल्म र निर्देशन विधामा ट्रफी उचालेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३० गते १६:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चलचित्र विकास बोर्डले प्रदान गरेको राष्ट्रिय चलचित्र पुरस्कार-२०८२ का लागि मीनबहादुर भाम निर्देशित शाम्बाला उत्कृष्ट चलचित्र घोषित भएको छ।

काठमाडौं । मीनबहादुर भाम निर्देशित ‘शाम्बाला’ २०८२ को उत्कृष्ट चलचित्र बन्न सफल भएको छ । चलचित्र विकास बोर्डले हरेक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कार- २०८२ मा ‘शाम्बाला’ले उत्कृष्ट चलचित्रको पुरस्कार पाएको हो ।

सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित पुरस्कार वितरण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ९ विधामा पुरस्कार प्रदान गरे ।

उत्कृष्ट निर्देशकतर्फको पुरस्कार पनि यसै फिल्मबाट मीनबहादुर भामले नै पाएका छन् ।

उत्कृष्ट अभिनेताको पुरस्कार ‘पूर्णबहादुरको सारंगी’बाट विजय बरालले पाएका छन् । उत्कृष्ट अभिनेत्रीको पुरस्कार उपासनासिंह ठकुरीले पाइन् । उनले ‘खुस्मा’ फिल्मबाट यो पुरस्कार पाएकी हुन् ।

पटकथातर्फ ‘छक्कापञ्जा’५ बाट दीपकराज गिरीले अवार्ड उचाले भने छायांकन विधामा पुरुषोत्तम प्रधानले ‘पिताम्बर’ फिल्मबाट ट्रफी हात पारे ।

नेवारी फिल्म ‘गाल्व : वन’ले आदिवासीतर्फ उत्कृष्ट फिल्मको पुरस्कार पाएको छ । अभिनेता प्रदीप खड्काले फिल्म ‘पुजार सार्की’बाट प्रोत्साहन अवार्ड प्राप्त गरे ।

सबै विधामा उत्कृष्टलाई नगद २५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिएको छ । वरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मालाई नगद ३ लाख ७५ हजार सहित दीर्घ साधना सम्मान प्रदान गरिएको छ ।

समारोहमा लिम्बु भाषाको फिल्म ‘चे’ र मगर भाषाको ‘दिलसरा’लाई विशेष फिल्मको अवार्डबाट पुरस्कृत गरियो । यी दुई फिल्मले सबटाइटलको लागि बोर्डबाट २/२ लाख रुपैयाँ प्राप्त गरे ।

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?