
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'जनै हराएको मान्छे : सम्बन्धका धागाहरू' को टिजर सार्वजनिक भएको छ जसमा मुख्य पात्रको दक्षिण कोरिया जाने सपना र काठमाडौंमा ठगीको कथा देखाइएको छ।
- फिल्ममा विजय बराल, केकी अधिकारी, मिरुना मगर, सुशांक मैनाली, भोलाराज सापकोटा लगायत कलाकारहरू छन् र हिमाल न्यौपानेले निर्देशन गरेका छन्।
- यो फिल्म भदौ ६ गते प्रदर्शनमा आउने तयारीमा छ र कमल न्यौपाने र विमल न्यौपाने निर्मातामा छन्।
काठमाडौं । विजय बरालको शीर्ष भूमिका रहेको फिलम ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को टिजर सार्वजनिक भएको छ ।
विवाहको दृश्यसँगै सुरु हुने टिजरमा मुख्य पात्रको दक्षिण कोरिया जाने सपनालाई चित्रण गरिएको छ । कोरिया जान बुवालाई मनाउँदाको नोकझोक र काठमाडौं पुगेपछि आफ्नै गाउँलेले गरेको ठगीको वरिपरि टिजर घुमेको छ ।
कोरिया जान्छु भनेर आएको मुख्य पात्र काठमाडौंमै अलमलमा पर्दा सपना कसरी गन्तव्यहिन भैरहेको छ भन्ने देखाइएको छ ।
टिजरमा फिल्मका मुख्य अभिनेता विजयसँगै केकी अधिकारी, मिरुना मगर, सुशांक मैनाली, भोलाराज सापकोटालगायतलाई देखाइएको छ । यो फिल्मलाई हिमाल न्यौपानेले निर्देशन गरेका हुन् ।
यो फिल्म भदौ ६ गते प्रदर्शन तयारीमा छ । निर्मातामा कमल न्यौपाने र विमल न्यौपाने छन् । कार्यकारी निर्मातामा नारायण तिमल्सिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सीआर बस्नेत, फिलिप डीसी र जेम्स महाराजन छन् ।
प्रतिक्रिया 4