+
+
Shares

साइन रेसुङ्गा विकास बैंकको ऋणपत्रमा लगानी आवेदन खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३२ गते ८:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साइन रेसुङ्गा विकास बैंकले १० वर्षे अवधिको ऋणपत्रमा वार्षिक प्रतिशत ब्याजदरका साथ १ अर्ब रुपैयाँको १० कित्ता ऋणपत्र निष्कासन गर्न लागेको छ।
  • सर्वसाधारणका लागि ३ लाख ८० हजार कित्ता ऋणपत्र बिक्री हुनेछ र इच्छुक लगानीकर्ताले न्यूनतम २५ तथा अधिकतम ५ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।
  • एनआईएमबी एस क्यापिटलले मेरोसेयरमार्फत साउन ४ देखि १४ गतेसम्म आवेदन दिने व्यवस्था गरेको छ र बैंकलाई इक्रा नेपालले बीबी प्लस रेटिङ प्रदान गरेको छ।

३२ असार, काठमाडौं । साइन रेसुङ्गा विकास बैंकको ऋणपत्रमा लगानी आवेदन खुलेको छ ।

१० वर्षे अवधिको यस ऋणपत्रमा वार्षिक प्रतिशत ब्याजदर प्राप्त हुनेछ । इच्छुक लगानीकर्ताले अंकित मूल्य १ हजारका दरले न्यूनतम २५ तथा अधिकतम ५ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

बैंकले कुल १ अर्ब रुपैयाँको १० कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमध्ये सर्वसाधारणका लागि ३ लाख ८० हजार कित्ता ऋणपत्र बिक्री हुनेछ ।

अनलाइन प्रणाली मेरोसेयरमार्फत छिटोमा साउन ४ गतेसम्म र ढिलोमा १४ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले एक सार्वजनिक सूचनामार्फत जनाएको छ । ऋणपत्र निष्कासनका लागि बैंकले इक्रा नेपालले बीबी प्लस रेटिङ प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?